देशभरका दोश्रो उत्कृष्ट सामुदायिक विद्यालय घोषणासँंगै ख्वप माविले पायो अवार्ड
साउन १, २०८०, सोमबार | विहान ०५:२८ बजे | 50
काठमाडौं । देशभरका दोश्रो उत्कृष्ट सामुदायिक विद्यालय घोषणा गर्दै भक्तपुर नगरपालिका वडा न ६ देकोचा स्थित ख्वप माविलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्डबाट सम्मानित गरिएको छ । ख्वप माविका प्रिन्सिपल लक्ष्मीप्रसाद कर्माचार्यले उक्त पुरस्कार राजधानीमा आयोजित एक कार्यक्रममार्फत् सम्मानपत्रसहित प्राप्त गरेका छन् ।
गुणस्तरीय शिक्षा ज्ञानको ज्योति, ज्ञान समृद्धिको आधार भन्ने मूलमर्मलाई आत्मसात् गरी शैक्षिक गुणस्तर कायम राख्दै ल सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किएको भन्ने आमधारणालाई चिदै उच्चतम् शैक्षिक प्रतिफल हासिल गर्न सफल उक्त विद्यालयलाई शैक्षिक क्षेत्रमा पुन्याएको विशिष्ट योगदानको कदर गर्दै केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स एजुकेसन सम्मान २०८० बाट सम्मानित गरिएको हो ।
ख्वप मावि भक्तपुर नगरपालिकाद्वारा सन्चालित शैक्षिक संस्था हो । नगरपालिकाले यसबाहेक पनि आठ वटा कलेजहरु सञ्चालन गर्दै आएको छ ।
फाेटाेमा हेर्नुहाेस्...