शिवपुरी पूर्व विद्यार्थी पुर्नमिलन कार्यक्रम सम्पन्न


असार ३१, २०८०, आइतबार | विहान १०:३८ बजे | 85


शिवपुरी पूर्व विद्यार्थी पुर्नमिलन कार्यक्रम सम्पन्न

आषाढ २२,२०८० शिवपुरी पूर्व विद्यार्थीहरूको पुर्नमिलन कार्यक्रम शिवपुरी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ। पूर्व विद्यार्थी तथा नेपाल सरकारका पूर्व सचिव जयमुकुन्द खनालले कार्यक्रम संचालन गर्नुभएको थियो। उक्त कार्यक्रमको सभापति सेसाका अध्यक्ष राकेश महर्जन रहेको थियो। २०२७ सालको एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण नरराज गिरी तथा विद्यालयका प्रधानाध्यापक प्रकाश सुवेदी भने विशिष्ट अतिथिमा रहेको थियो। काठमाडौँ महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष दिनेश महर्जन, वडा नम्बर ३ का अध्यक्ष प्रेम थापा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ई.गिरीधर मिश्र, स.प्र.अ. सिन्धु तुलाधर लगायत शिवपुरी माध्यमिक विद्यालयमा अध्ययन गरी विशिष्ट स्थानमा पुग्न सफल व्यक्तिहरू र साथमा पूर्व विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पूर्व प्र.अ.र सहायक प्र.अ.हरु साथमा ३३ जना गुरुहरुलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा सम्मानित गुरुहरूको तर्फबाट पूर्व प्र.अ.रिना प्रधान, पूर्व स.प्र.अ रविन्द्र प्रसाद गिरीले र पूर्व विद्यार्थीको तर्फवाट ई.प्रधानाध्यपक टिका उप्रेतीले विद्यालयको तर्फबाट प्र.अ का प्रकाश सुवेदी सबैले आफ्नो तर्फबाट मन्तव्य राख्नुभएको थियो। यसरी शिवपुरी पूर्व विद्यार्थीहरूको पुर्नमिलन कार्यक्रम भनी भब्यताका साथ सुसम्पन्न भएको थियो।

फाेटाेमा हेर्नुहाेस्...

शिवपुरी पूर्व विद्यार्थी पुर्नमिलन कार्यक्रम सम्पन्न
शिवपुरी पूर्व विद्यार्थी पुर्नमिलन कार्यक्रम सम्पन्न

Comments