देशभरका उत्कृष्ट सामुदायिक विद्यालयहरु ः ख्वप दोश्रो र वागीश्वरी १६ औं स्थानमा
असार २७, २०८०, बुधबार | दिउँसो ०३:३२ बजे | 25
भक्तपुर । एक संस्थाले गरेको देशभरका उत्कृष्ट सामुदायिक विद्यालयहरुको सूचिमा भक्तपुर जिल्लाका चार वटा विद्यालयहरु पर्न सफल भएका छन् । केन्द्रविन्दु अनलाइनले गरेको मूल्यांकनमा भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप मावि दोश्रो स्थानमा पर्न सफल भएको हो । यस्तै सैनिक महाविद्यालय सल्लाघारी भक्तपुर पाँंचौ र एसओएस सानोठिमी भक्तपुर छैठौं नम्वरमा पर्न सफल भएको छ । वागीश्वरी मावि च्याम्हासिंह भने १६ औ नम्वरमा पर्न सफल भएको हो । पहिलो नम्वरमा भने सेन्ट जेभियर्स कलेज काठमाडौ पर्न सफल भएको छ ।