वागीश्वरीका विद्यार्थीहरुले विश्व जनसंख्या दिवस भव्यताका साथ मनाए
असार २६, २०८०, मङ्गलबार | दिउँसो ०३:५२ बजे | 45
वागीश्वरी मा.वि., कक्षा १२ मा जनसंख्या विषय लिई अध्यनरत विद्यार्थीहरुले असार -२६ गते, मंगलवार विश्व जनसंख्या दिवस भव्यताका साथ मनाएका छन् । लैंगिक समानताको शक्तिलाई उजागर गर्दै : महिला तथा किशोरीहरुको आवाज उठाऔं भन्ने नाराका साथ शुरू भएको उक्त प्रवचन तथा प्रतिभा प्रस्तुती कार्यक्रममा निङमा लामाले सभापतीको भुमिका निर्वाह गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्र. अ. कृष्णप्रसाद धन्छा रहनु गएको थियो।
जनसंख्या अध्ययन समुहकी छात्रा सुनिता गौतमले यसपालीको जनसंख्या दिवसको नारामाथि प्रकाश पार्दै मन्तव्य राखी शुरू भएको उक्त कार्यक्रममा अतिथिहरू क्रमशः राजन लाखा, रामप्रसाद कोजु तथा नविन्द्रलाल कर्माचार्यले पनि विश्व जनसंख्या दिवसको नारा तथा वर्तमान परिप्रेक्ष्यमा जनसंख्या वृद्धी अवसर होकी , चुनौती ? भन्ने विषयमा जोड दिँदै आफ्नो मन्तब्य प्रस्तुत गरेका थिए ।
मन्तब्यकै क्रममा प्रमुख अतिथि कृष्ण प्रसाद् धन्छाले जनसंख्या दिवसको इतिहासलाई केलाउँदै, जनसंख्या वृद्धिको सकारात्मक तथा नकारात्मक पक्षहरुको बारेमा, विश्वका विभिन्न राष्ट्रहरूको उदाहरण प्रस्तुत गर्दै आफ्नो मन्तब्य व्यक्त गर्नुभए को थियो ।
कार्यक्रमको उत्तरार्धमा प्रतिभा प्रस्तुती सँगै विसर्जन भएको उक्त कार्यक्रममा रोजिना खड्का, देवराज बि.क., विपना खाती तथा निरुता मगरले अा आफ्नो प्रतिभा प्रस्तुती गरेका थिए । उक्त कार्यक्रमको उद्घोषण केशव सेन्चुरीले गरेका थिए।
फाेटाेमा हेर्नुहाेस्...