बाटोको समस्या


असोज ४, २०७७, आइतबार | विहान ०२:५० बजे | 10


सरिता तामाङ


बाटोको समस्याको कारणले गर्दा सुर्यबिनायक नगरपालिका  वडा न.७ का जनताह्ररुले देैनिक  कार्य गर्नका लागि धेरै समस्याहरु भोगी रहेका छन् । बाटोको लागि वषोेैनी बजेट आएतपनि वडा कार्यलयले बाटो  निमार्ण गरेझैं अलिअलि गरेर त्यो बजेट त्यतिकै  सकाएको छ । बाटोको अवस्थ यस्तो सम्म बिग्रेको छ कि पानी पर्दा त्यो बाटोमा हिड्ने अवस्था रहदैन । कोरोनाको माहामारीले गर्दा सरकारी कार्यलय ,विद्यालय तथा कलेजहरु बन्दा भएको बेला जाहाँ जाहाँ बाटो बिग्रेको हो त्यो ठाउँमा निर्माण  हुन सके कोरोनाको माहामारी सकेपछि यस सुर्यविनायक नगरपालिकाको जनताहरु सजिलैसँग अफ्नो कार्यलय ,विद्यालय तथा  कलेज जाना पाउथ्यो । तर यस्तो समय भएको बेलामा वडाकार्यलयले ध्यान दिएको छैन । यहाँको जनताहरु विद्यार्थी ,व्यापारी र कर्मचारीले धेरै समस्या भोगिरहेका छन् ।विद्यार्थी समयमा स्कुल ,कलेजमा नपुग्दा कलेजबाट  भित्र छिराउदेै। जुत्ताको हालत यस्तोसम्म हुन्छ कि असरमा धान रोप्न्न खेतमा पसेको जस्तो कर्मचारीहरुको पनि विद्यार्थीहरुकै जस्तो समस्या रहेको छ भने ब्यापारीको तरकारीहरु बजारसम्म पु¥याउन नपाउदा यतिकै खेर गैरहेको छ । यातायातको  सुविधा त छ ,तर पानी पर्दा यातायात  चल्दैन हिडेरै जानुपर्ने अवस्था आउँछ । बाटोको समस्याले गर्दा धेरै भन्दा धेरै विद्यार्थीले धेरै समस्या भोग्नुपरेको छ । बाटोको  राम्रो विकास नभएकोले यातायातको पनि त्यति राम्रो विकास छेैन । एउटा रदुईवटा यातायात भएकोले बिहान बेलुका यात्रुहरूलाई धेरै समस्या हुन्छ । अझ पानी पर्दा भएको  एउटा रदुईवटा यातायात नि बन्दा हुन्छ । जसले गर्दा हिडेरै भएपनि आफ्नो गन्तव्यमा पुग्नु पर्ने हुन्छ ।  गुणडुदेखि सुर्यविनायक सम्म हिडेर आउँदा १घन्टा ३५ मिनेट लाग्छ । हिडेर  आउने क्रममा धेरैपटक विद्यार्थीह्ररु चिप्लिएर लडेको पनि छ । एकचोटि लडेपछि विद्यालयमा आउने हालत विद्यार्थीहरुमा हुदैन घर फर्केर आउनुपर्छ । यो समस्या म स्यम ले भोगेको पनि छु । १ घन्टा ३५ मिनेटको बाटो हिडेर गएपनि हाम्रो  ख्व्प कलेको गेटमा १० मिनेट मात्रै ढिलो भएपनि १ घन्टा ३० मिनेट सम्म बाहिरै राखिदिन्छ । त्योत्रो बाटो हिडि कलेजसम्म  पुगेपछी फर्केर आउने आट विद्यार्थीमा हुदैन । १ घन्टा ३५ मिनेट पछि कलेजमा प्रवेश गरेता पनि हाजिर हुँदैन । विद्यार्थीको  यस्तो समस्या बुजिदियोस भनेर वँडाआध्य रबिन्द्र सापकोटालाई छिटोभन्दा बाटो निर्माण गर्न ध्यान जाअओस भनेर यो पत्रद्वर आग्रह गर्द्छु ।

सुर्यविनायक नगरपालिका वडा नंं.७

Comments