बुद्धका वाणीहरु भावी युवाहरुका लागि
असार २५, २०८०, सोमबार | विहान ०५:२७ बजे | 30
लेखरत्न शाक्य, स्वयम्भु काठमाडा
युवाहरु त्यस्तो होस्......
ऐना समानको मुहार होस् !
ओजस्वी बोलिवचन होस् !
भिमसेनका शरीर बनोस् !
मन जाँगर होस !
सद्बुद्धि र विवेक श्रीवृद्धि होस् !
सोचविचार करुणाले भरोस् !
जन्मभूमिप्रति शहिदहरुका मन जस्तै बनोस् !
संयमतापूर्ण ५ इन्द्रियहरु उर्जावान बनोस् !
मानवता समातावादी तत्व बनोस् !
मन स्थिर र अविचल होस् !
वित्मविश्वास दृढ होस !
अर्जनको जस्तो इच्छाशक्ति सबल र निश्चल होस् !
दृढ निश्चयी जंगबहादुर जस्तै होस् !
वेलायती शासकलाई पनि तर्साउने बोली बनोस् !
स्वागत गर्ने भए प्रधानमन्त्री नै आओस् !
निडर जँगबहादुर बनोस् !
लुखुर लुखुर पुच्छर हल्लाई पछि पछि हिँड्ने नहोस् !
२१ औं शप्ताब्दीका वालेन सरी उभिएर आओस् !
लक्ष देश उभो र विकासको पथमा लम्कने होस् !
भाष्य शब्दजालको फोहोर फ्याक्ने संसद नहोस् !
मानव पशुको नाच्ने कीडास्थल नहोस् !
पदमा रहँदा वा नरहँदा अनुशासन जिउँदा होस् !
मेयरको जस्तो सप्रमाणको दसीले काम बढोस् !
उपत्यकाबासी सबै आफ्नै कुटुम्ब बनोस् !
शिक्षा दिनेहरुको सम्मान होस् !
सरकार र नीजिको वभेदपूर्ण नीति नहोस् !
मेयरले जस्तो विभेद नीति जरैदेखि उखेलेर फालोस् !
उपत्यकाका कुटुम्बहरु सिक अब ढिला नगरी,
उठ्ने जाग्ने र लक्ष ताकेर दौडने गरी,
मेयर कै शैली शिरोधारण गरी ।
८८८८