दुर्घन्धित भक्तपुर, मौन जनप्रतिनिधि
असोज ३, २०७७, शनिबार | साँझ ०४:१६ बजे | 10
दुर्घन्धित भक्तपुर, मौन जनप्रतिनिधि
आरती तिवारी
भक्तपुरको चागुनारायण नगरपालिकाबाट सङ्कलित फोहोरमैला उचित व्यवस्थापन हुन नसक्दा झौखेल नगर निकै दुर्घन्धित हुन थालेको छ । नगरबाट सङ्कलन भएको फोहोर जथाभावी बाटो, कुवा, नदी किनारमा फालिनुका साथै सार्बजनिक स्थानमा फोहोरको थुप्रो लाग्दा वातावरणमा प्रदुषण बढ्दै गएको छ । फोहोरकै कारण रोगकोसमेत प्रकोप फैलन थालेको स्थानियको गुनासो छ ।
स्थानियबासिले खाल्डो खन्नका लागि भएको बजेट ब्यर्थमा गएकाले उक्त रकम तत्कालीन नगरपालिकाका प्रमुखबाट उठाउन पर्ने माग राखेका थिए । खाल्डो प्रयोगबिहीन भएको र खाल्डो बनाउन प्रयोग गरिएको रकम समेत हिनामिना भएको भन्ने आरोप स्थानियबासीले लागाएका थिए । नगरपालिकाको फोहोर व्यवस्थापनका लागि गाडी व्यवस्थापन भएता पनि उक्त गाडी अहिले प्रयोगमा आएको छैन ।
झौखेलमा फोहोर व्यवस्थापनका लागि पटकपटक कुरा चल्दा डम्पिङ क्षेत्रको अभाव भन्दै नगरपालिका पन्छिदै आएको स्थानियवासी बताउछन् । नगरपालिका कार्यालयभित्र हुँदा फोहोर व्यवस्थापन भोलिबाट नै सुरु हुन्छ भने पनि हालसम्म फोहोर व्यवस्थापन गर्नतर्फ नगरपालिकाले कुनै कार्ययोजना नबनाएको स्थानियबासी बताउछन् ।