‘माया मिस्ट्री’ उपन्यास सार्वजनिकीकरण


असार २३, २०८०, शनिबार | दिउँसो १२:०३ बजे | 30


‘माया मिस्ट्री’ उपन्यास सार्वजनिकीकरण

मध्यपुर, थिमि । मोहन के श्रेष्ठद्वारा लिखित तथा अनुशीलन नेपालद्वारा हालै पंकाशित नवीनतम उपन्यास ‘माया मिस्ट्री’ आज एक भव्य कार्यक्रमका बिच मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले असार २३ गते सार्वजनिकीकरण गर्नुभयो । उक्त कार्यक्रमको सभापतित्व अनुशीलन नेपालका सल्लाहकार डा इन्दुल केसीले गर्नुभएको थियो भने सचिव टीका श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन रोशन बज्राचार्यले गर्नुभएको थियो ।  माया मिस्ट्री उपन्यासको सम्पादन अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीले गर्नुभएको छ । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख श्रेषठले मध्यपुर थिमि नगरपालिकाले साहित्य, कला, संस्कृति र शिक्षा तथा स्वाथ्यमा विशेष जोड दिएको बताउनुभयो । पुस्तकका सम्पादक जीवनाथ अधिकारीले लेखक मोहन के श्रेष्ठ नव प्रतिभाका रूपमा उपन्यासका क्षेत्रमा देखा परेको चर्चा गर्दै ठिमीका विशेष सर्जक हुन् भन्ने कुरा बताउनुभयो । उपन्याका बारेमा समीक्षात्मक टिप्पणी गर्दै पुस्तकको भूमिकासमेत लेखिका डा सीता सुवेदी पन्थीले उपन्यासले सामाजिक जीवनको उद्घाटन गर्ने क्रममा प्रेमका बारेमा सूक्ष्म विश्लेषण उपन्यासमा गरिएको तथा भविष्यमा मोहन के श्रेष्ठको लेखनीले आख्यानका क्षेत्रमा नवीनतम मोड ल्याउन सक्ने बताउनुभयो । अर्का कवि नवीनप्रकाश श्रेष्ठले उपन्यासकारको परिचय गराउँदै ठिमी क्षेत्रका विशेष प्रतिभका रूपमा मोहन के श्रेष्ठ उदाएको औँल्याउनुभयो । सभापतिको आसनबाट डा इन्दुल केसीले उपन्यासको विषयवस्तु संवेदनशील रहेको छ भन्नुभयो । लेखक मोहन के श्रेष्ठले उपन्यास लेखनका क्रममा केही अनुभव केही कल्पनाको संयोजन गरिएको बताउनुभयो ।

कार्यक्रममा साहित्यकारहरू कविराज घिमिरे, दीनानाथ पोख्रेल, जयनारायण नेपाल, कृष्णप्रसाद पौडेल, बुद्धिकुमार घो बिगुल, शङ्कर मानन्धर, विश्वनाथ ढुङ्गेल, प्रजापति तिमल्सिना, ढुण्डीराज पोखरेल, साधुराम गिरी, पदम दाहाल, विष्णु ओली, देवी उप्रेती, चुडाप्रसाद चौँलागाईँ, नवीना श्रेष्ठ, धरणीधर गुरागाईँ, दुर्गाप्रसाद अधिकारी,नेत्र घिमिरे, टीका श्रेष्ठ, इन्दीरा अधिकारी, इन्दिरा शाही, वरिष्ठ पत्रकार कृष्ण किसीऽ पत्रकार प्रताप राना मगरलगायत करिब सयजना  लेखक तथा साहित्यप्रेमीहरूको भव्य उपस्थिति रहेको थियो ।  

—जीवनाथ अधिकारी

फाेटाेमा हेर्नुहाेस्...

‘माया मिस्ट्री’ उपन्यास सार्वजनिकीकरण
‘माया मिस्ट्री’ उपन्यास सार्वजनिकीकरण

Comments