विनायक शिक्षा निकेतनले GPA 4 ल्याउने विद्यार्थीलाई नगद रू १लाख प्रदान गर्ने


असार २३, २०८०, शनिबार | विहान ०७:३२ बजे | 70


विनायक शिक्षा निकेतनले GPA 4 ल्याउने विद्यार्थीलाई नगद रू १लाख प्रदान गर्ने

मध्यपुर ठिमी, भक्तपुर संस्कारयुक्त गुणस्तरीय शिक्षाः विद्यार्थीको सर्वाङ्गीण विकासको आधार भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै युग सुहाउँदो वैज्ञानिक, व्यवहारिक र प्रगतिशील शिक्षा दिइरहेको विनायक शिक्षा निकेतन ई. स्कूल, मध्यपुर ठिमी भक्तपुरले यही २०८० असार २३ गते S.E E को इतिहास‌मा नयाँ धमका दिन सफल विद्यार्थीहरुकाे सम्मानमा बधाई तथा शुभकामना कार्यक्रमकाे आयाेजना गर्याे ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीकाे अध्यक्षतामा सञ्चालित तथा अभिभावक दिलकृष्ण प्रजापति ,परामर्शदाता ढुण्डीराज गिरी अतिथी रहनु भएकाे उक्त कार्यक्रम तुल्सीहरि प्रजापति र शैलेन्द्र भट्टराईले सञ्चालन गर्नु भएकाे थियाे । शैक्षिक सत्र २०७९ को SEE परीक्षामा विनायक शिक्षा निकेतन‌ले जम्मा ६१ जना विद्यार्थीहरु सहभागी गराउँदै ३५ जना A±, १९ जना A र ७ जना B+ गरी सत्‌प्रतिशत विद्यार्थीहरु उत्तीर्ण गराउन सफल भएको हो। जसमा विनायककी मेघावी छात्रा कृतिका श्रेष्ठले GPA 4 तथा अन्य ३ जना विद्यार्थीहरू सुनश मगर ,स्वस्तिका प्रजापति र सृष्ट्रिका प्रजापतिले GPA 3.95 तथा अन्य ३१ जना विद्यार्थीहरूले 'A±: 17 जनाले A र 7 जनाले B+ मा उत्तीर्ण गर्न सफल भएकाे कुरा विद्यालयका सहायक प्रिन्सिपल प्रेम प्रसाद निराैैलाले जानकारी गराउनु भयाे। हुन त वि. सं २०५९ सालदेखि नै शैक्षिक क्षेत्रमा सफलताको तहल्का मच्चाइरहेको विनायक शिक्षा निकेतनले २०६४ सालको S-L.C. परीक्षामा ९३.६३% अड्क हासिल गर्दै सिल्भीया बज्राचार्य नेपाल प्रथम (Board First) हुन सफल भएकी थिइन भने २०७१ सालको SLC परीक्षामा ९२.५% अङ्क हासिल गर्दै भक्तपुर जिल्लाका टप १० विद्यार्थीहरूमध्ये ७ जना विनायककै विद्यार्थीहरु रहेका थिए । त्यतिमात्र नभएर शैक्षिक सत्र २०७४/०७५ सालको SEE परीक्षामा विनायककै विद्यार्थी राेजा श्रेष्ठले GPA -4 सहित भक्तपुर टप हुन सफल भएकी थिइन्। विद्यार्थीहरुको यस सफलतामा साथ दिनु हुने सम्पूर्ण शिक्षक शिक्षिका, विद्यार्थी वर्ग, अभिभावक वर्ग तथा शुभचिन्तकहरूलाई विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उत्कृष्ट GPA 4 ल्याउने विद्यार्थी हरुलाई नगद रु १लाख सहित सम्मान गर्ने परम्परा अनुसार मेधावी छात्रा कृतिका श्रेष्ठलाई रु १ लाखले सम्मान गर्ने घाेषणा गर्नुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

विनायक शिक्षा निकेतनले GPA 4 ल्याउने विद्यार्थीलाई नगद रू १लाख प्रदान गर्ने
विनायक शिक्षा निकेतनले GPA 4 ल्याउने विद्यार्थीलाई नगद रू १लाख प्रदान गर्ने
विनायक शिक्षा निकेतनले GPA 4 ल्याउने विद्यार्थीलाई नगद रू १लाख प्रदान गर्ने

Comments