भक्तपुर एन प्याव्सन र हिसानवीच समझदारीपत्रमा हस्ताक्षर ः विद्यार्थीलाई सुनौलो अवसर (सहमतिपत्रसहित)


असार २३, २०८०, शनिबार | विहान ०६:१३ बजे | 55


भक्तपुर एन प्याव्सन र हिसानवीच समझदारीपत्रमा हस्ताक्षर ः विद्यार्थीलाई सुनौलो अवसर (सहमतिपत्रसहित)

भक्तपुर । भक्तपुरमा एनप्याव्सन आवद्ध स्कुलहरुबाट एसइइ उतीर्ण गरी जिल्लाका हिसान आवद्ध स्कुलहरुमा कक्षा ११ भर्ना भए ५० प्रतिशत छुट दिने भएको छ । यसका लागि शनिबार एन प्याव्सन भक्तपुर र जिल्ला हिसानबीच एक कार्यक्रमका साथ समझदारीपत्रमा दुईपक्षीय सम्झौता भएको छ । सम्झौतामा एन प्याव्सन जिल्ला अध्यक्ष सञ्जय खड्का र हिसान जिल्ला अध्यक्ष अनिल कसपालले हस्ताक्षर गरेका छन् । सम्झौतामा अन्य थप तीन बुँदा गरी कुल चार बुँंदाहरु छन् । सम्झौतामा एन प्याव्सन सदस्य विद्यालयको प्रिन्सिपलको सिफारिस, विद्यार्थीको प्राप्त ग्रेड, प्रवेश परीक्षाको नतिजाको आधारमा उचच शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई हिसान सदस्य विद्यालय कलेजहरुले आवश्यक थप छुट सहुलियत पनि दिने सम्झौता भएको छ । साथै दुई संस्थाले अध्ययनरत विद्यार्थीको व्यक्तित्व विकास, अध्यापन शिक्षकहरुको सीप अभिवृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिबृद्धि हुने शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै जाने सहकार्यमा पनि सम्झौता भएको छ । साथसाथै भक्तपुरका विद्यार्थीलाई भक्तपुरमा नै कक्षा ११ र १२ पढने वातावरण बनाउन निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्त रुपमा कार्यक्रम गर्दै जाने सम्झौता भएको छ । 
कार्यक्रममा हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालले भक्तपुरका विद्यार्थीलाई भक्तपुरमै अध्ययनको वातावरण वनाउन प्याव्सनबाहेक जिल्लाको एन प्याव्सनलगायतका संगठनहरुसँंगै पनि यही प्रकारको सम्झौता गरी अगाडि वढने जानकारी गराए ।   
यसअघि शुक्रबार यही विषयमा भक्तपुर प्याव्सन र हिसानवीच सम्झौता भएको थियो ।  

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर एन प्याव्सन र हिसानवीच समझदारीपत्रमा हस्ताक्षर ः विद्यार्थीलाई सुनौलो अवसर (सहमतिपत्रसहित)

Comments