भक्तपुरका कुनकुन स्कुलका ककसले ल्याए चार जीपीए ?


असार २१, २०८०, बिहीबार | दिउँसो ०१:५७ बजे | 45


भक्तपुरका कुनकुन स्कुलका ककसले ल्याए चार जीपीए ?

भक्तपुरका कुनकुन स्कुलका ककसले ल्याए चार जीपीए ? 
भक्तपुर । भक्तपुरका चार वटा स्कुलहरु (हालसम्म सार्वजनिक भए अनुसार) ले आफना एकएक जना विद्यार्थी चार जीपीएमा पुयाउन सफल भएका छन् । भक्तपुरका एक , मध्यपुर थिमिका दुई र सूर्यविनाक नगरपालिका क्षेत्रका एक वटा स्कुलका एकएक जना गरी चार जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएको सार्वजनिक भएका छन् । 
भक्तपुरबाट सैनिक आवासीय मावि सल्लाघारी भक्तपुर, सूर्यविनायकबाट सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट भक्तपुरस्थित मेरिगोल्ड स्कुल र मध्यपुर थिमिबाट मध्यपुर थिमि नगरपालिका वडा नं ६ बाहखा बजारस्थित होली गार्डेन इगलिश स्कुल मध्यपुर थिमि र विनायक शिक्षा निकेतन स्कुल मध्यपुर थिमिका एकएक जना गरी चार जना विद्यार्थी चार जीपीए ल्याउन सफल भएका हुन् । 
यसबाहेक प्रायःजसो चार जीपीए ल्याउन सफल हुँंदै आएको वागीश्वरी मावि च्याम्हासिंह भक्तपुर, एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरबाट यो वर्ष चार जीपीए ल्याउन सफल भएनन् । एभरेष्टबाट ३.९५ का तीनजना र ३.९ का तीन जना गरी ६ जनासहित एक सय सात जना विद्यार्थी उत्कृष्ट नतिजाका साथ उतीर्ण भएको स्कुलले जनाएको छ ।




Comments