बालकथा 'बेलबहादुरसँग बिहे' दाेस्राे संस्करण बजारमा


असार २१, २०८०, बिहीबार | विहान ०९:२१ बजे | 50


बालकथा 'बेलबहादुरसँग बिहे' दाेस्राे संस्करण बजारमा

काठमाडौं । जितेन्द्र रसिककाे बालकथा कृति 'बेलबहादुरसँग बिहे' दाेस्राे संस्करण बजारमा आएकाे छ । एजुकेसन पव्लिसिङ हाउस काठमाडौंले बजारमा ल्याएकाे याे कृति विद्यार्थी र बालबालिकामाझ लाेकप्रिय छ । माग बढेकाले दाेस्राे संस्करण बजारमा ल्याइएकाे प्रकाशक अञ्जन श्रेष्ठले बताउनु भयाे । दाेस्राे संस्करणमा आवरण कलेवर परिवर्तन गरिएकाे छ भने भित्री साजसज्जा पनि आकर्षक रूपमा डिजाइन गरिएकाे श्रेष्ठकाे भनाई छ । संस्कृति र संस्कारहरु अमूर्त हुने, अमूर्त भित्र खोज्न सकियो भने त्यहाँ अमृत जस्तै मानव जीवनोपयोगी शिक्षाहरु रहने गरेकाे र 'बेलबहादुरकाे बिहे' बालचित्र कथा नेवार समुदायको बेलविवाह संस्कारसँग सम्वन्धित बाल कथा कृति भएकाे लेखक रसिकले बताउनु भयाे । संसारका कुनै पनि मुलुकमा नियम कानुन नबन्दै संस्कृति र संस्कारका रुपमा महिलालाई स्वतन्त्रता दिन नेवार समुदायमा बेलविवाह संस्कार बनेको कथन छ । संस्कृति र संस्कारमा मानव जीवनका लागि आवश्यक धेरै कुराहरु लुकिरहेका हुन्छन् । नेवाः सभ्यता र संस्कृति अनुसार बेलविवाह नारी स्वतन्त्रता लागि उपयोग हुँदै आएको संस्कार हाे । युरोपियन लगायत विभिन्न मुलुकमा नारी स्वतन्त्रताको कुरा नउठ्दै परापूर्व कालमा नेपालमा नारी स्वतन्त्रताका लागि अपनाइएको संस्कार बेलविवाह भएकाे संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई उदृत गर्दै लेखक रसिकलृ बताउनु भयाे । बेलविबाह अर्थात 'इही' काे प्रचलन अहिले पनि छ । साेही सन्दर्भ जाेडिएकाे कथा 'बेलबहादुरसँग बिहे' कथामा नेवार समुदायका स्त्रीहरु कहिल्यै विधवा नहुने मान्यता र बेलविवाहलाई नारी सूरक्षाकाे प्रतीकका रूपमा प्रस्तुत गरिएकाे छ । नेवाः समुदायमा बेलसँग विहे गरेपछि पतिको दिवंगत पछि पनि बाँकी जीवन व्यतीत गर्न अर्को पुरुषसँग विवाह गर्नसक्ने बेलविवाह संस्कृतिले महिलालाई स्वतन्त्रता दिएको छ । विवाह पछि स्त्रीले श्रीमानसँग मन मिल्यो भने जीवनभर सँगै जीवन जीउन सक्दछन् । मन मिलेन भने वा महिलालाई दुःख दिने गर्न थाले पति छाडेर अर्कोसँग विवाह गर्ने स्वतन्त्रता बेलविवाहले प्रदान गरेको संस्कृतिविद्हरूकाे भनाई छ । कृति राेमाञ्चक र ज्ञानवर्द्धक रहेकाे प्रकाशकले जनाएकाे छ । कथाकृतिका चित्रकार कृतिशेष एक्कारामसिं हुन् । कृतिकाे लेआउट डिजाइन शितल सुकुभटुकाे रहेकाे छ । कथा कृतिकाे मूल्य १९५/- रूपैयाँ रहेकाे छ ।

Comments