वागीश्वरीमा स्काउट तालिम सम्पन्न


असार २१, २०८०, बिहीबार | विहान ०५:०१ बजे | 55


वागीश्वरीमा स्काउट तालिम सम्पन्न

भक्तपुर । वागीश्वरी माध्यामिक विद्यालयमा वागीश्वरी स्काउट ट्रपको आयोजनामा एक रात दुई दिने र दुई रात तिन दिने तालिम कार्यक्रम बुधवार सम्पन्न भएको थियो । कार्यक्रम तालिम तालिका अनुसार पुराना स्काउट विद्यार्थीहरुलाई दुई रात तिन दिन र नया“ स्काउट विद्यार्थीहरुलाई एक रात दुई दिन रहेको थियो ।
स्काउट तालिमको उद्घाटनका प्रमुख अतिथि भक्तपुर स्काउटिङ क्षेत्रका अग्रज तथा सुनौलो गैंडाले विभूषित, वागमती प्रदेश स्काउटका सल्लाहकार राम गोपाल कर्माचार्यले स्काउटले जीवनलाई अनुशासनमा राख्ने, विद्यार्थीलाई मितव्ययी बनाउनुका साथै, समयको सदुप्रयोग कसरी गर्ने जस्ता ज्ञान सिकाउने बताउनुभयो । 
वागीश्वरी व्यवस्थापन समितीका अध्यक्ष रविन्द्र ज्याख्वले देशमा असल नागरिक उत्पादनमा स्काउट सधै सक्रय लागिरहेको बताउनुभयो । स्काउटमा लागेको व्यक्तिको गुण व्यवहार तथा नेतृत्वशील हुने भएकाले सजिलै चिन्न सकिने बताउनुभयो ।   
त्यसैगरि कार्यक्रमका सभापति वागीश्री स्काउट ट्रपका इकाई अध्यक्ष तथा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले स्काउट तालिमले विद्यार्थीहरुलाई थप आत्मनिर्भर र स्वाभलम्बि बनाउने बताउनुहुन्छ ।
उक्त तिन दिन रहेको तालिमका प्रशिक्षक दिप्जोल राजभण्डारीले स्काउट जीवनमा डोरी के, कसरी, कुन तरीकाले प्रयोग गर्न सकिन्छ भन्ने महŒवबारे प्रशिक्षणमा ग्याजेटको निमार्ण गरि देखाउनुभएको थियो । त्यसैगरी आपत्कालिन समयमा डोरीको प्रयोगबाट पिडितलाई कसरी उद्दार गरि मद्दत गर्न सकिन्छ जस्ता विषयमा विद्यार्थीहरु प्रशिक्षित भएका थिए । तालिमकै क्रममा प्रशिक्षक सोना तमखुले नेतृत्व विकास सम्बन्धि तालिम दिनुभयो भने आर्टिस् विवेक सुवालले जीवनपयोगी सीपको सामान्य ज्ञान पनि दिनुभयो ।
सो उद्घाटन कार्यक्रममा पुराना १९ जना विद्यार्थीहरुलाई बिपि ब्याजले दिक्षित गरेका थिए जसमा दस जना छात्रा र नौं जना छात्र रहेको थियो । त्यसैगरि समापन कार्यक्रमका अतिथि वागीश्वरी स्काउट ट्रप इकाई अध्यक्ष कृष्णप्रसाद धन्छाले नया“ तथा पुराना स्काउट तालिममा भाग लिएका विद्यार्थीहरुलाई स्काउट धर्मलाई मनन् गर्न आग्रह गर्नुहु“दै धन्यवाद दिनुका साथै प्रमाणपत्रले सम्मान गर्नुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

वागीश्वरीमा स्काउट तालिम सम्पन्न

Comments