निओ फ्युजन स्कुल अफ कम्प्युटरको कलेज भ्रमण सम्पन्न


असार २०, २०८०, बुधबार | दिउँसो ०२:५४ बजे | 30


निओ फ्युजन स्कुल अफ कम्प्युटरको कलेज भ्रमण सम्पन्न

भक्तपुर । निओ निओ फ्युजन स्कुल अफ कम्प्युटरमा प्राविधिक सीप सिक्दै गरेका एस ई ई २०७९ का विद्यार्थीहरुलाई भक्तपुरका विभिन्न कलेज तथा माध्यमिक विद्यालयमा उच्च शिक्षाका लागि अध्ययन भ्रमण गरियो । भ्रमणमा आदर्श आजाद कलेज, बासु कलेज, वागीश्वरी कलेज, शारदा कलेज, ख्वप कलेज आदि मावि तथा कलेजमा भ्रमण गरिएको छ । 
भक्तपुर शैक्षिक केन्द्रीविन्दु भइरहेको समयमा यस किसिमको कार्यक्रमले थप योगदान तथा मदत पुग्ने विश्वास निर्दैशक बालकृष्ण बनमालाको रहेको छ । बनमालाले विदेशी रोजगारलाई भन्दा स्वदेशी रोजगारीलाई ध्यान दिनुुपर्नेमा जोड दिएको छ । स्वरोजगारका लागि आफूले विभिन्न निःशुल्क तालिमहरु जस्तै चित्रकला, डिजिटल फोटोग्राफी, लिपी, स्क्रिन प्रिन्ट, नृत्य, संगीत (धिमे, धाँ बाजा, गीतार, बाँसुरी, तबला, हार्मोनियम), व्युटि पार्लर, मोवाइल मर्मत, बुटिक, काष्ठकला, मुर्तिकला, पत्रकारिता, स्काउट, नाटक, भिडियोग्राफी, मोबाइल फोटोग्राफी, इन्टिरियल डिजाइन, उद्घोषण, हाउस वाइरिङ्ग आदि सञ्चालन गरी स्वदेशमै आफूले गर्न सक्ने काम गर्न प्रोत्साहन गरिन्दै आएको बताउन्छ । सीप मुलक तालिमले नै स्वरोगजारको व्यवस्थापन गर्न सकिने जानकारी गरिदैं भक्तपुरलाई शैक्षिक गुणस्तरीय केन्द्र बनाउन आफूहरु पनि एक इटाँ थाप्ने काम गरिरहेको बताउनु भयो । 
माध्यामिक तथा कलेज भ्रमणको क्रममा सबैबाट राम्रो र व्यवहारिक बैज्ञानिक शिक्षा तथा सस्तो सर्वसुर्लभ रकममा पढाई हुने जिल्लाको रुपमा भक्तपुरलाई लिन सकिने बताएका छन् । बासु मावि तथा कलेजले प्राविधिक शिक्षामा जोड दिनुभयो भने ख्वप कलेजले बैज्ञानिक शिक्षामा जोड दिएको छ । त्यसैगरी कानुन विषय तथा शिक्षा संकायका लागि आर्दश आजाद कलेजले, कम तथा गुणस्तरीय शिक्षाका लागि शारदा माविले, व्यवस्थापन, मानविकीका लागि वागीश्वरी मावि तथा कलेजले जोड दिएका छन् । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, प्राविधिक कलेजका लागि ख्वप, वागीश्वरी, बासु अगाडि भएका छन् भने पुन व्यवस्थापन, कानुन, मानविकी, शिक्षा संकायका लागि आर्दश आजाद, शारदा मावि तथा कलजेमा राम्रो व्यवस्थापन गरिएको पाइएको छ । भक्तपुर सानो जिल्ला भएतापनि शैक्षिकको गुणस्तरीय, शुल्कलाई मध्य नजर गर्ने हो भक्तपुरसंग अरु कुनै जिल्ला तुलना गर्न सकिदैन । भ्रमणमा विभिन्न मावि तथा कलेजले आआफ्ना शैक्षिक अभियान तथा योगदानहरु विद्यार्थी माझ राख्नु भएको छ । सबै विद्यालयको एउटै लक्ष्य युवा लक्षित शैक्षिक व्यवस्थापन तथा रोजगारी व्यवस्थापन गरी युवालाई स्वदेशमा राखी देश विकास गर्ने योजना राखेको छ । सबै विद्यालयका शिक्षक तथा शिक्षिकाको एउटै स्वर आत्मश्वाबलन स्वदेश प्रेमलाई मूल प्राथमिकतामा राख्नु पर्ने । शिक्षामा व्यापारीकरण गर्न नहुने, नाफा भन्दा सेवामुखी हुनुपर्नेमा जोड दिदैं सम्पूर्ण परिवारजनमा आग्रह भक्तपुरलाई शैक्षिक केन्द्र बनाउनमा साथ सहयोगको अपेक्षा राख्नुभएको थियो । भ्रमण भक्तपुर जिल्ला केन्द्रित रहि गरेको बताउनु भयो । भ्रमणमा विभिन्न विद्यालयकका छात्र छात्रा गरी २१० जनाले एक समयमा गरिएको थियो 

फाेटाेमा हेर्नुहाेस्...

निओ फ्युजन स्कुल अफ कम्प्युटरको कलेज भ्रमण सम्पन्न

Comments