मेरा गुरु


असार १७, २०८०, आइतबार | विहान ०९:१५ बजे | 55


मेरा गुरु

लेखरत्न शाक्य
स्वयम्भु, काठमाडौं

आषाढ पूर्णिमा
आज गुरुको सम्मान गर्ने
दिन तर फेरीएछ परम्परा ।

बुद्ध जस्तो महान गुरु
आज रोईरहेछ मन्दिर बाहिर
गुरु कुट्ने दिनमा बदलिएको देखेर ।

बुद्धको आँखाभरी आँसु छ ।
गुुरु कुट्ने संस्कृति देखेर,
सभ्यता दियो निभेको देखेर ।

देश चलाउनेले मातृभूमि मात्र होइन
सिँगो सार्कका ठूलाले नक्सा चोर्ने भएपछि
संरक्षण, सवंद्र्धन र प्रोत्साहन हराएछ ।

बुद्ध चिच्याई रहेछ आज
४५ वर्षसम्म घामपानी दिनरात नभनी,
मैले दिएका शिक्षाका उपहास भएछ ।

विद्यार्थीहरुको आवाज चर्को छ,
हामीले गुरु कुट्न पाउनु पर्छ भन्दै,
सरकारको आडभरोसा खोज्दै हिँडिराख्या छ ।

शिक्षकहरुलाई कुट्नेहरुको
आवाज मज्जाले सुनेछन् उनका संरक्षकले,
गुरु कुट्नेहरुलाई धोईपखाली सफाई दिएछन् ।

संरक्षकहरुको आडभरोसाले,
प्रोत्साहित चेलाहरु त्यसपछि
दानमा पाएको मुर्रा चढेर भागेछन् ।
        ८८८८                                                                   

Comments