काठमाडौं वल्र्ड स्कुलले दियो विद्यार्थीलाई निःशुल्क एजुकेशनल काउन्सिलिङ


असार १६, २०८०, शनिबार | दिउँसो ०१:५२ बजे | 50


काठमाडौं वल्र्ड स्कुलले दियो विद्यार्थीलाई निःशुल्क एजुकेशनल काउन्सिलिङ

भक्तपुर । एसईई दिएर बसेका विद्यार्थीहरु शनिबार भक्तपुरमा काउन्सिलिङसहित रमाएका छन् । काठमाडौं वल्र्ड स्कुल गुण्डू भक्तपुरले दिएको निःशुल्क एजुकेशनल काउन्सिलिङसँंगै रमाएका हुन् । 
एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै स्कुलले दिनभर ओपन हाउस २०२३ गरेको थियो । विद्यार्थीलाई एसईईपछि के पढ्दा के हुन्छ भन्ने दिशानिर्देश गराउने उद्देश्यका साथ कार्यक्रम गरिएको थियो । कार्यक्रममा शैक्षिक परामर्शका साथै विद्यार्थीलाई मनोरञ्जन दिलाउन विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि रहेको थियो । परामर्शसँंगै त्यही मनोरञ्जनात्मक कार्यक्रमहरुमा विद्यार्थी रमाएका हुन् । 
स्कुलले गरेको कार्यक्रममा सहभागी हुने विद्यार्थीको विहानैदेखि भीड लागेको थियो । यो स्कुल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूमा रहेको छ । यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकबाट झण्डै एक किलोमिटर दक्षिणमा पर्दछ । स्कुलसम्म पुग्न कालोपत्रेसहितको फराकिलो सडक रहेको छ ।
स्कुलका प्रिन्सिपल केशर खुलालले कार्यक्रममा झण्डै सात सय विद्यार्थाी सहभागी भएको जनाए । काठमाडौं, ललितपुर, भक्तपुरसहित काठमाडौं उपत्यका बाहिरका काभ्रेपलान्चोक जिल्लाबाट पनि विद्यार्थी सहभागी भएको उनले बताए । काठमाडौ र ललितपुरका विभिन्न ठाउँंहरुसहित भक्तपुरको भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक, चाँंगुनारायण नगरपालिका र काभ्रेको बनेपा, पनौती, धुलिखेललगायतका ठाउँंहरुबाट विद्यार्थीहरु कार्यक्रममा सहभागी हुन आएको उनले जनाए ।
सहभागी विद्यार्थीका लागि निःशुल्क शैक्षिक परामर्श दिइएको थियो । साथै स्कुलको विभिन्न ठाउँंहरुको पनि अवालेकन भ्रमण गराइएको थियो । साथै विभिन्न कार्यक्रमहरुमा सहभागिता पनि जनाउन दिइएको थियो । कार्यक्रम विहान ९ बजेदेखि साँझ पाँच बजेसम्म दिनभर चलेको थियो । कार्यक्रममा प्रवेश निःशुल्क थियो । साथै विद्यार्थीलाई निःशुल्क स्कुल बसको पनि व्यवस्था गरिएको थियो । 
कार्यक्रममा विद्यार्थीलाई एसईईपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारी विशेष रहेको थियो । यसको साथमा विभिन्न कलाकारहरुबाट मनोरञ्जन दिलाइएको थियो । साथै विभिन्न खेलहरु पनि भएका थिए । कार्यक्रमको क्रममा कसप्ले कम्युटिशन, आर्ट सेसन ९ डिजिटल आर्ट, थ्रिडी आर्ट एण्ड पेन्टिंग भएका थिए । साथै क्यारिअर काउन्सलिग, स्कुल टुर, फुड स्टल, फन गेम एण्ड मोर भएको थियो । यस क्रममा विभिन्न स्टलहरु पनि रहेका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

काठमाडौं वल्र्ड स्कुलले दियो विद्यार्थीलाई निःशुल्क एजुकेशनल काउन्सिलिङ
काठमाडौं वल्र्ड स्कुलले दियो विद्यार्थीलाई निःशुल्क एजुकेशनल काउन्सिलिङ
काठमाडौं वल्र्ड स्कुलले दियो विद्यार्थीलाई निःशुल्क एजुकेशनल काउन्सिलिङ
काठमाडौं वल्र्ड स्कुलले दियो विद्यार्थीलाई निःशुल्क एजुकेशनल काउन्सिलिङ

Comments