बागमती प्रदेशको आयोजनामा एड्भान्स तालिम हेटौडामा सम्पन्न


असार १५, २०८०, शुक्रबार | विहान ०८:३१ बजे | 60


बागमती प्रदेशको आयोजनामा एड्भान्स तालिम हेटौडामा सम्पन्न

नविना श्रेष्ठ नेपाल स्काउट प्रदेश स्काउट कार्यालय बागमती प्रदेशको आयोजनामा असार ७ गतेदेखि १३ गतेसम्म एड्भान्स तालिम हेटौडामा सम्पन्न भएको छ। ५६औं उड व्याज तथा ४७औं गर्ल्स एड्भान्स तालिम हेटौडामा भएको हो।उक्त तालिममा बागमती प्रदेशको कार्य समिति सदस्यहरु, कोर्ष निर्देशक सुरज खनाल,गर्ल्स कोर्षका कोर्ष लिडर लीला श्रेष्ठ,व्याइज कोर्षका कोर्ष लिडर कृष्ण चालीसे लगायत सहायक कोर्ष लिडर अशोक सारमगर, अस्मिता श्रेष्ठ, काउन्सिलरहरुको साथ सहयोगले गर्दा तालिम सफलता साथ सम्पन्न भएको थियो। बागमती प्रदेश हेटौडाका रोभर रेन्जरहरू, प्रदेश स्काउटका कर्मचारीहरु लगायत ४०जना प्रशिक्षार्थीहरुको सहभागितामा तालिम समापन गरिएको थियो।

फाेटाेमा हेर्नुहाेस्...

बागमती प्रदेशको आयोजनामा एड्भान्स तालिम हेटौडामा सम्पन्न

Comments