‘माया मिस्ट्री’ स् उपन्यासका सोपानमा नौलो पाइलो
असार १३, २०८०, बुधबार | दिउँसो ०१:०६ बजे | 45
जीवनाथ अधिकारी
परिचय
नेपाली लेखकहरूका नयाँ नयाँ कृति बजारमा आइरहेका छन् र लोकार्पित भइरहेका छन् । यस्ता साहित्यिक सक्रियताले नेपाली साहित्यमा एकपछि अर्को परिमाणात्मक र गुणात्मक फड्कोले शिखरारोहण गरिरहेको छ । यसै शृङ्खलामा एउटा नवीन शैलीको उपन्यास पाठकसामु आएको छ ‘माया मिस्ट्री’ । उदीयमान लेखक मोहन के श्रेष्ठको यो उपन्यास नेपाली सामाजिक यथार्थलाई पक्रेर उभिएको छ । विशेष गरी प्रेमका मामलामा हाम्रो समाज अझ उदार हुन सकेको देखिँदैन । युवायुवतीको मन मिल्छ, प्रेम हुन्छ तर पनि समाजका अमानुषी दृष्टिले त्यसलाई असामाजिक ठान्छ र बिचमै तुहुन वाध्य बनाउँछ । माया मिस्ट्रीको मूल भाव यही रहेको छ ।
मोहन के श्रेष्ठ यस माया मिस्ट्रीका माध्यमबाट नेपाली साहित्यजगत्मा आफूलाई उदीयमान आख्यानकारका रूपमा उभ्याउन सफल देखिएका छन् । यस कृतिलाई अनुशीलन नेपालले प्रकशनमा ल्याएको छ भने यसको सम्पादन जीवनाथ अधिकारीले गरेका छन् । भूमिकाका रूपमा डा सीता सुवेदी पन्थीले उपन्यासका बारेमा विस्तृत चर्चा गर्दै भित्री पोयाहरू केलाउनुभएको छ । जम्मा पृष्ठसङ्ख्या ज्ञघण रहेको यस उपन्यासमा कथावस्तु ११६ पृष्ठमा समेटिएको छ । सशाङ्क श्रेष्ठको सुन्दर कलाले अगाडिको आवरण पृष्ठ सजाइएको माया मिस्ट्रीले नेपाली साहित्यमा एउटा नयाँ इँटा थप्नेछ भनेर विश्वास गर्ने ठाउँ प्रशस्त दिएका छन् मोहन के श्रेष्ठले ।
कथानक स्
माया मिस्ट्री सामाजिक उपन्यास हो । तर यसमा विषयवस्तुको विविधताको अपेक्षा प्रेमलाई लिएर कथानक गुम्फित छ । विशेषतस् उपन्यासमा दुई पात्र प्रमुख रूपमा रहेका छन् स् मा पात्र अर्थात् दीपक र ज्योति । समस्त कथावस्तु यिनै दुई पात्रवरिपरि घुमेको छ । अन्य थोरै पात्र बिच बिचमा देखा त पर्छन् तर तिनको भूमिका ज्योति र दीपकका छायामा लटपटिएको छ । दीपक एसएलसी उत्तीर्ण गरेर भक्तपुर क्याम्पसमा भर्ना हुन्छ । क्याम्पस जाँदाआउँदा भक्तपुरकै कुनै एक टोलमा बसेर स्कुल पढ्दै गरेकी ज्योतिसँग भेट मात्र हुँदैन, विस्तारै उनीहरूको मित्रता गाढा प्रेममा परिणत हुन्छ । उनीहरू एकअर्काविना बाँच्न नसक्ने अवस्थामा पुग्छन् । भेटघाट र प्रेमालाप अत्यन्त सघन बन्दै जान्छ तर दीपकका परिवारबाट नकारात्मक प्रतिक्रियाहरू आउन थाल्छन् । परम्परावादी परिवारले आधुनिक ज्योतिलाई स्विकार्ने अवस्था न्यून देखिन्छ ।
यस्तै क्रममा एक दिन ज्योति र दीपकको सम्बबन्ध चटक्क छिन्छ । उनीहरू को कहाँ छन् भन्ने कुरासमेत आपसमा जानकारी राख्न सक्तैनन् । पछि ज्योतिको अन्तै विवाह भएर तराईतिर पुग्छे । यता दीपकले पनि मन नलागी नलागी आमाका लागि बिहे गरिदिन्छ । प्रेमिल जीवनको असफलताले दीपक भौँतारिदै यताउता गर्छ । कहिल पोखरा त कहिले काठमाडौँ तथा भक्तपुरका विभिन्न स्थामा घुमिहिँड्नु उसको दिनचर्याजस्तै बन्छ ।
पछिल्लो समय उसलाई ज्योतिको अवस्था बुझ्न अन्तर्मनले निर्देश गर्न थालेपछि ज्योतिका खोजीमा लाग्छ । तर ज्योतिले धरती छोडिसकेको थाहा पाएपछि उसमा पश्चात्तापले घर गर्न थाल्छ । ज्योतिकी छोरी यतै भक्तपुरमा छे भन्ने थाहा पाएपछि उसलाई भेट्न पुग्छ । छोरीलाई भेटेपछि झन् ज्योतिका सम्झनाले दीपक सताइन्छ । मन मनमा प्रेमको अमरताको आकाशमा उड्न पुग्छ । यसरी उपन्यास वियोगान्त रूपमा सकिन्छ ।
निष्कर्ष स्
माया मिस्ट्री सोझो कथानकमा उनिएको उपन्यास हो । भाषाशशैली सरल भएर पनि रमाइलो पारामा विषयको गाम्भीर्य प्रस्तुत गर्न सफल हुनु यसको वैशिष्ट्य रहेको छ । प्रेमका गोलचक्करमा पर्दा जीवन अव्यावहारिक बन्दै गएर दुस्खान्त अवस्थामा पुगिने सम्भावनालाई यसले प्रस्ट्याएको छ । प्रेम गर्नेहरूले एकअर्काको भावना बुझ्न नसक्ता पनि दुर्घटना निम्तिएका असङ्ख्य घटनाहरू हाम्रा सामु प्रशस्त छन् । परिपक्व नहुँदै जीवनबन्धनमा बाँधिन खोज्दा वा पारिवारिकरसामाजिक दवाव झेल्न नसक्ताको दुस्खद् क्षणमा पुग्नुपर्ने विवशता पनि यस उपन्यासले औँल्याएको छ ।
अन्तमा यति सुन्दर उपन्यास माया मिस्ट्री दिएर उपन्यासकार मोहन के श्रेष्ठले हामीलाई मनग्गे गुन लाएका छन् । त्यसका लागि उनलाई साधुवाद दिनै पर्छ । आशा गरौँ, मोहनबाट अझै गहन कृति नेपाली साहित्यले प्राप्त गर्नेछ । मोहन के श्रेष्ठलाई बधाई र शुभकामना १
२०८० असार १३ अध्यक्ष
अनुशीलन नेपाल