५४५ औं बि.टि. सी र ४०१ औं पि.टि.सी. सम्पन्न


असार १२, २०८०, मङ्गलबार | साँझ ०४:४९ बजे | 45


५४५ औं बि.टि. सी र ४०१ औं  पि.टि.सी. सम्पन्न

चाँगुनारायण नगरपालिका स्थानीय स्काउटको आयोजनामा नगरभित्रका विद्यालय शिक्षकहज्ञरुको लागि ५४५ औं बि.टि. सी र ४०१ औं पि टि सि स्काउट तालिम नगर स्काउट संयोजक उमेश प्रसाद सिंहको संयोजकत्वमा सम्पन्न गरियो । 
कार्यक्रममा बोल्दै नगर प्रमुख एंव स्थानीय स्काउट संरक्षक जीवन खत्रीले विद्यालयहरुको स्तर उन्नती संगै अव बालबालिकाहरुको असल आचरण र व्यवहार विकास गरी समाज र देशका लागि योग्य नागरिक बनाउन स्काउटको महत्व बढ्दै गएको बताउनुभयो । उहाँले तालिममा सहभागीहरुलाई व्यक्तिगत स्वार्थ लोभ र हित भन्दा सामाजिक उद्देश्य पूर्तिका लागि सकारात्मक भूमिका निभाउन सके मात्र तालिमको सफलता हुने विचार राख्नुभयो । 
कार्यक्रमका विशेष अतिथि वागमति प्रदेश स्काउट संयोजक तथा लिडर ट्रेनर (एल टि) शिवराम अर्यालले वर्तमान समयमा अनुशासित र स्वाबलक्बी  नागरिक  तयार  गरी कर्तब्य र जिम्मेबारीलाई बोध गराउने हो भने स्काउटिङ्ग कक्षा अनिवार्य रुपमा संचालन गर्नु पर्ने धारणा राख्नुभयो ।
सोही कार्यक्रममा राष्ट्रिय प्रशिक्षक एबं बागमति प्रदेश स्काउट सल्लाहकार रामगोपाल कर्माचार्यले सफलतापूर्वक तालिम सम्पन्न भएकोमा शुभकामना ब्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा चाँगुनारायण नगर शिक्षा प्रमुख बिरबहादुर खड्काले स्काउटिङ्ग शिक्षाको क्षेत्रमा चाँगुनारायण नगरपालिकालाई एक सफल नगरपालिकाको रुपमा विकास गर्न थप कोर्षहरु संचालन गर्दै जाने जानकारी दिनुभयो ।
कार्यक्रममा कोर्ष लिडर रुबिना छुस्याबागले स्काउटिङ्ग कक्षा संचालन गर्नुको उद्देश्य र ५ राते ६ दिन सम्मको अनुभब बताउनुभयो ।
स्काउटिङ्ग कक्षामा सहभागी स्काउटहरुले नगरपालिकाले संचालन गरेको तालिममा विद्यालय स्तरका स्काउट शिक्षासँगै शैक्षिक क्षेत्रमा समेत आमूल परिवर्तन आउने र युवावर्गको शारिरीक, बौद्घिक  ज्ञानसीपको धारणामा सकारात्मक परिव्र्तन आउने  बताउनु भयो । उक्त तालिममा छात्रतर्फ २३ जना र छात्रातर्फ २४ जना स्काउटरहरु सहभागी भई आधारभूत तालिम ५४५ औं बि.टि. सी कोर्ष र ४०१ औं पि.टि.सी. कोर्ष फैढोका आधारभूत विद्यालय, ताथलीमा सम्पन्न गरियो ।

फाेटाेमा हेर्नुहाेस्...

५४५ औं बि.टि. सी र ४०१ औं  पि.टि.सी. सम्पन्न

Comments