भेनेजुयलाः हिजो र आज


असोज १, २०७७, बिहीबार | विहान ०३:०२ बजे | 20


रामकृष्ण प्रजापति


नेपाल कर्मचारी समाजको आयोजनमा पत्रकार समाज नेपालले प्रकाशन गरेको ‘भेनेजुयला हिजो र आज’ पुस्तकको अन्तरक्रियाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका श्रद्धय अध्यक्ष का.नारायणमान विजुक्छेज्यू, मञ्चमा आशिन अतिथि गण तथा उपस्थित सम्पूर्ण कर्मचारी साथीहरु तथा सहभागीहरुमा न्यानो अभिभावदन तक्र्याउन चाहन्छु ।
यो किताव पुरै भेनेजुयलाको स्वतन्त्रता अन्दोलनदेखि अहिले अमेरीकी साम्राज्यवाद ट्रम्प प्रशासनले भेनेजुयलाको तेल लगायत प्रकृतिक स्त्रोत साधनहरु कब्जा गर्न र आफ्नो कठपुतली सरकार बनाई विपक्ष नेता ग्वाइडोमार्फत माडुरो सरकार फाल्ने गरी गरेको षडयन्त्र र झुठको खेती बारे किताबमा लेखहरु संग्रह गरेको छ । पक्कै पनि अमेरिकी साम्राज्यवाद नाफाको निम्ति भेनेजुयला लगायत बिभिन्न देशहरुमाथि नङ्ग्रा फिजाउ“दै छ । एउटा सर्वभौम देशमाथि अमेरिकी साम्राज्यवादले गरिरहेको हस्तक्षेपको विरोधमा न्यायप्रेमी जनतालाई सचेत पार्न पुस्तक सिद्ध हुने आशा लिएको छु ।
भेनेजुयला स्पेनको उपनिवेशमा रहेको देशलाई सिमोन बोलिभारको नेतृत्वमा भएको स्वाधीनता आन्दोलनले भेनेजुयलालाई मुक्त गरी स्वाधीन र सार्वभौमसत्ता सम्पन्न देश बनायो । मुनरो नीति अमेरिका अमेरिकीहरुको भनेकोलाई उत्तर अमेरिकालाई त्यस्तो नगर्न खबरदारी गर्दै बिदेशी नै हो भनेर बोलिभारले भनेको थियो । सिमोन बोलिभार बितेपछि समाजवादी क्रान्तिका परिस्थिति तयार नहु“दा फ्रान्स र स्पेनले पुनःउपनिवेश बनायो ।  

अंड्ढ पूरै नेपाल मजदुर किसान पार्टी स्थापना भएको ४५ बर्षको अन्तरालमा गरेका प्रगतिको बिशेषाड्ढको रुपमा रहको छ । हुन त सम्बत २०३१ माघ १० गते स्थापना भएको नेपाल मजदुर किसान पार्टीको यो बर्ष ४५ औं स्थापना दिवस मानईंदैछ । नेपाल मजदुर किसान पार्टीका अग्रजहरुले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीभित्र सैद्धान्तिक बहस गर्नुभयो । राष्ट्रिय अन्तर्राराष्ट्रिय घटनाबारे आफ्ना फरक मतहरु पेश गर्नुभयो । १) सोभियत संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन भइसकेको हुनाले त्यसको विरुद्ध सैद्धान्तिक संघर्ष गर्नुपर्ने । २) भारतको प्रत्यक्ष संलग्नता र हस्तक्षेपबाटै वंगलादेश पाकिस्तानबाट टुक्राइएको, स्वतन्त्रता अभियान नभई सम्प्रभुताको हनन हो र त्यसको विरोध गर्नुपर्ने । ३) नेपालमा कम्युनिष्ट आन्दोलन अगाडि बढाउन बर्ग संघर्ष तथा किसान संघर्षमा जोड दिनु पर्ने । यीबाहेक प्रमुख सत्रु छुट्याउने, पंचायती चुनावलाई उपयोग गर्ने वा नगर्ने, प्रतिक्रियावादी संघ संस्थाभित्र गएर जनताको सेवा गर्ने वा नगर्ने आदि सवालमा नेपाल मजदुर किसान पार्टीले आफ्नो विस्तृत एवं सटिक विश्लेषण सहित प्रस्ताव पेश ग¥यो । तर तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वले त्यसको उचित जवाफ नदिएपछि उल्टै कम्युनिष्ट पार्टी नेतृत्व देशी विदेशी प्रतिक्रयावादीहरुको चङ्गुलमा उम्किनै नसक्ने गरी फस्दै गएपछि का.रोहितको नेतृत्वमा नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो । का.रोहितद्धारा लिखित नेपालको कम्युनिष्ट आनदोलनमा देखापरेका खोटा विचारको खण्डन र रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पटन नै नेपाल मजदुर किसान पार्टीको स्थापनाको सैद्धान्तिक आधार थियो ।
यो अन्तरक्रियामा मैले समाजवादको अपरिहार्यता विश्वका जनता महसुस गर्दैैछन् भने शिर्षक नेपाल मजदुर किसान पार्टीको छेटौ महाधिवेशनमा अध्यक्ष का.नारायणमान विजुक्छेंले २०७० चैत २१ गते खुल्लामञ्चमा दिनु भएको समुद्घाटन मन्तव्य हो । अहिले सातौं महाधिवेशन धोषणा भई नजिकिरहेको अवस्थामा देशको अहिलेको अवस्थामा र पूजीवादी सरकारमा गएका नेकपा संशोधनवाद र अराजकतावादको हावी भई रहेको अवस्था यो मन्तव्य अहिले पनि उत्ति कै महत्वपूर्ण सान्र्दभिक देखिएको छ । देशमा गणतन्त्र स्थापना भई समाजवाद उन्मुख संबिधान बनिसक्दा पनि सत्तामा पुगेका कम्युनिष्ट पार्टीहरुले समाजवादको उल्टो निजिकरणमा जोड दिने साथै संशोधनवादी लाइनको भएकोले साच्चैं नै बैज्ञानिक समाजवादको प्रचार प्रसार आवश्यक देखिन्छ । त्यहिं शिलशीलामा छैटौं महाधिवेशन भक्तपुरदेखि पैदल ¥याली सहितको खुल्लामञ्चमा समुद्घाटन भएको थियो । त्यो ¥याली देशका विभिन्न स्थानबाट काठमाण्डौंमा आएकाहरुको निम्ति समाजवादको संदेश बोकि जाने र देशको कुना काप्चामा प्रचार हुने थम्याई सहित आर्दश समाज बनाउने महान लक्ष्य बनाउने उद्घोष साबित हुनेछ । साथै उक्त ¥याली पू“जीवादी सरकारमा जाने सिंढी पक्कै होइन यो प्रजातान्त्रिक अभ्यास हो भने संशोधनवादी तथा अराजकतावादीजस्ता नक्कली समाजवादीहरुलाई जनताको बीचमा उदाङ्गाउने सम्मेलन हुनेछ ।
संसदीय व्यवस्था पश्चिमा प्रजातन्त्र भएकोले जनताको अभिव्यक्ति राख्न नदिइने र जनताको न्यायोचित आन्दोलनमाथि दमन हुने भएकैले त्यस विरुद्ध सशस्त्र विद्रोह या क्रान्ति हुने गर्दछ । साथै संसदीय व्यवस्था विश्वका धेरै देशहरुमा असफल भएको २१ औं शताब्दी समाजवादको विजय र साम्राज्यवादको पराजयको शताब्दी हुनेछ साथै मानव समुदायले नया“ जीवन पाउने छ । साम्राज्यवादीहरुको आर्थिक ज्यावल विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन र बहुर्राष्ट्रिय कम्पनीहरुले तेश्रो देश र कमजोर मुलुकमाथि आक्रमण, हस्तक्षेप र प्रभुत्व जमाएको विरुद्ध संघर्ष गर्देछन् ।
बहुदलीय नया“ जनवाद पू“जीवादी प्रजातन्त्र नै भएकोमा समाजवाद बारे जनतालाई सचेत गर्दे ‘जनताको प्रजातन्त्र’ जसमा मजदुर र किसानको नेतृत्वमा प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पू“जीपति वर्गको प्रतिनिधित्व सहितको सरकार र त्यसले रोजगारीको सुनिश्चितता, समयअनुसारको ज्याला र सहुलियत दिनेछ, क्रान्तिकारी भूमिसुधारबाट जनतालाई भूमिको मालिक बनाउने छ, प्रगतिशील बुद्धिजीवीहरुले ज्ञान, बिज्ञान, प्रविधि र देशको अर्थतन्त्रमा योगदान गर्ने छ भने राष्ट्रिय पू“जीपतिले विदेशी पू“जीको ठाउ“ लिई देशको आर्थिक विकासमा योगदान गर्ने छ । समाजवादी व्यवस्थामा मजदुर किसानहरुको शासन व्यवस्था, उत्पादनका साधनहरुमा पूर्णरुपले सामाजिकीकरण, व्यक्तित्व विकासमा समानअवसर, योग्यता अनुसारको काम र कामअनुसारको ज्याला, र सारा जनतालाई बुद्धिजीवीकरण र मानिसकै निम्ति आफुलाई समर्पित गर्ने युग सुहाउ“दो विज्ञान र प्रविधि युक्त नया“ मानिसको निमार्ण नै समावाजवादको आदर्श चित्र हो । समाजवाद हु“दै सम्यवादी समाज स्थापना गर्न नेपाल मजदुर किसान पार्टी लागि पर्नेछ ।
विश्वमा देखिएको आर्थिक संकटसंगै वालस्ट्रिट विश्व पू“जीवादी आर्थिक स्नायु केन्द्रको विरोधमा मजदुर र युवाहरु वालस्ट्रिट कब्जा गर आन्दोलन सुरु भएको छ । त्यो संगै सामाजवादी देश चीन सन् २०२१ पहिलो आर्थिक शक्तिमा उदय हुने र २०५० चीनले कुल गार्हस्थ उत्पादनमा अमेरिका र युरोपलाई उछिन्ने तथ्याड्ढ आएको छ । साथै रंगभेद, आदिवासी, जनजाति र आप्रवासीहरुप्रतिको भेदभावले अमेरिका स्वय्म संसारको सबभन्दा ठूलो कारागार हो भन्ने पुष्टि गरेको छ ।
पू“जीवाद र पश्चिमी राजनैतिक प्रणाली शोषणमा आधारित भएकोले असफलता तिर गईरहेको, पू“जीवादी व्यवस्था आर्थिक संड्ढतको मृत्युशैय्यामा छटपटिदैं गरेकोले नेपालमा समाजवाद स्थापना हुने निश्चित छ ।

Comments