विनायकमा ताइवानी स्वयंसेवक शिक्षक-शिक्षिकाहरूको स्वागत
असार ९, २०८०, शनिबार | विहान ११:४३ बजे | 55
मध्यपुर ठिमी, भक्तपुर आजका विद्यार्थीहरू भाेलिका विश्व नागरिक भएकाले उनीहरुलाई हरेक भाषा, संस्कृतिमा अब्बल बनाउनु पर्दछ र हरेक देशको सभ्यता र परम्परा वारे जानकारी गराउनु पर्दछ भन्ने उद्देश्य बोकेको विनायक शिक्षा निकेतन ई. स्कूल, मध्यपुर ठिमीले यही असार ६ गते १९ जना ताइवानी स्वयंसेवक शिक्षक शिक्षिकाहरुलाई स्वागत गयो । विशेष गरी चाइनिज भाषा, अंग्रेजी भाषा, विज्ञानका प्रयोगात्मक कक्षाहरू तथा विभिन्न खेलकुद प्रशिक्षण गराउने उद्देश्यले ताइवान युनिभर्सिटी ताइवानबाट स्वयंसेवक शिक्षक-शिक्षिकाहरू सहकार्यका लागि आएको कुरा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी गराउनु भयो । विनायकमा ती स्वयंसेवक शिक्षक-शिक्षिकाहरू२ हप्तासम्म बसी विद्यार्थीहरुलाई पठन-पाठन गराउने तथा सांस्कृतिक आदान-प्रदान गर्ने कार्यक्रम रहेको छ । स्वागत कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विगत वर्षहरूदेखि नै ताइवानी स्वयंसेवक शिक्षक-शिक्षिकाहरू उपस्थित गराई विद्यार्थीहरूमा भाषिक क्षमता अभिवृद्धि गर्ने, मध्यपुर ठिमीको सांस्कृतिक सम्पदा ताइवानीहरुलाई परिचित गराउने, स्थानीय कला-संस्कृतिको प्रचार-प्रसार गरिने तथा विदेशी शिक्षण विधि र पद्धतिलाई अनुशरण गर्दै भोलिका देशका कर्णधार विद्यार्थीहरुमा वैज्ञानिक, युगानुकूल र प्रगतिशील शिक्षा प्रदान गर्ने विद्यालयको उद्देश्य रहेको कुरा बताउनु भयो ।
फाेटाेमा हेर्नुहाेस्...