सकियो प्रजातन्त्रबादी प्राध्यापक संघ नेक एकाईको साधारणसभा ः यस्तो रह्यो संघको भावी कार्यक्रम


असार ६, २०८०, बुधबार | विहान ०६:४३ बजे | 15


सकियो प्रजातन्त्रबादी प्राध्यापक संघ नेक एकाईको साधारणसभा ः यस्तो रह्यो संघको भावी कार्यक्रम

भक्तपुर । प्रजातन्त्रबादी प्राध्यापक संघ नेपाल इन्जिनियरिङ कलेज (नेक) एकाईको पहिलो साधारणसभा बुधबार कलेजमा भव्य रुपमा सम्पन्न भएको छ । साधारणसभा उदघाटन कार्यक्रमका बक्ता वरिष्ठ इन्जिनियरहरुले नेकमा पनि धेरै अनियमितता भएको र त्यसविरुद्ध हालसम्म आफूहरुले कहिले पनि पठनपाठन अवरुद्ध हुने गरी आन्दोलन नगरेको बताए । 
‘हामीले पटकपटक ११ बुँंदे, ४१ बुँंदे मागपत्र राखेर कलेजभित्र आन्दोलन गरयौं, प्रजातन्त्रबादी प्राध्यापक संघ नेपाल इन्जिनियरिङ कलेज (नेक) एकाईका अध्यक्ष सहप्राध्यापक इन्जिनियर दीपक धामीले भने, आन्दोलनको क्रममा प्रिन्सिपललाई पनि घेरा हाल्यौं । तर पठनपाठन बन्द हुने गरी अहिलेसम्म कहिल्यै आन्दोलन गरेनौं ।’ चित नबुझेको विषयमा नोट अफ डिसेन्ट लेखेर भद्र आन्दोलन गर्दै आएको उनले सुनाए । आफनो संगठनले व्यक्तिको भन्दा पनि संस्थाको हितको लागि आन्दोलन गरिरहेको उनले सम्झे । कलेजको विकासका लागि आफूहरुले आन्दोलन मात्रै नगरी सहकार्य गरेर अगाडि वढेको पनि उनले स्मरण गरे । उनले आफूहरु नेपाली कांग्रेस निकटको प्राध्यापकहरु रहे पनि पार्टीको झण्डा नै बोकेर ढुंगामुढामा नउत्रने प्राध्यापकहरु रहेको बताए । 
कार्यक्रममा प्रजातन्त्रबादी प्राध्यापक संघ नेपाल इन्जिनियरिङ कलेज (नेक) एकाईका उपाध्यक्ष उपप्राध्यापक इन्जिनियर रमेशकुमार पुडासैनी, सचिव सहप्राध्यापक इन्जिनियर मोहनध्वज केसी, सहसचिव उपप्राध्यपाक इन्जिनियर यमन ढकाल, कोषाध्यक्ष नारायणप्रुाद आचार्य, सल्लाहकारद्धय प्राध्यापक इन्जिनियर गणेश शाह, प्राध्यापक इन्जिनियर सावित्री त्रिपाठीलगायतले संस्थाले कलेजको हितका लागि सधै आन्दोलित भइराख्ने बताए । 
प्रथम साधारणसभामा प्रस्तुत संघको आगामी कार्यक्रम तथा रणनीति 
१. यस संघले आउँदा दिनमा पनि प्रजातान्त्रिक शैक्षिक आदर्शप्रति प्रतिबद्ध यस कलेजका प्राध्यापकहरुलाई एकताको सूत्रमा आबद्ध गरी सम्पूर्ण प्राध्यापकहरुका पेसागत हकहितको संरक्षण गर्न भुमिका खेलिने छ ।
२. यस कलेजको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि बिद्यार्थी, अभिभावक, कलेज प्रशासन संग समन्वय गरी अघि बढिने छ ।
३. कलेजमा लामो समय देखी रोकिएका शिक्षक÷कर्मचारीहरुको स्थायी तथा पदोन्नती लाई यथाशिघ्र अघि बढाउन दबाबमुलक कार्य अघि बढाइने छ ।
४. कलेजलाई बिधी पूर्वक अघि बढ्न कलेजको स्वीकृत बजेट बमोजिम कार्य गर्न दबाब दिइने छ ।
५. कलेजमा भइरहेका अनावश्यक खर्चहरु कटौती गर्न कलेज व्यवस्थापन समक्ष माग गरिने छ । हाल ललितपुर जिल्लामा संन्चालनमा रहेका नेक सीपीएस र नेक वीडीएचको आर्थिक विश्लेषण गरि एकै ठाउँमा पारदर्शि रुपमा संचालन गर्न पहल गरिने छ ।
६. कलेजमा क्रियाशिल शिक्षक–कर्मचारी संघ÷संगठन संग हातेमालो गरी कलेज हितमा अघि बढिने छ ।
७. कलेज संन्चालक समितिको बैठक बस्ने बातावरण बनाउन कलेजका प्राचार्य समक्ष माग गर्ने र हाम्रा तर्फबाट हुने आवश्यक भुमिका खेलिने छ ।
८. संन्चालक समितिमा शिक्षकको प्रतिनिधी कायम गर्न÷गराउन आइपर्ने जुनसुकै अवस्थाको सामना गरी अघि बढिने छ ।
९. संघको उद्देश्य प्राप्तिका लागि आउँदा दिनमा पनि बिभिन्न समिति र उपसमिति गठन गरी काम कर्तव्य तोकिने छ ।
१०.संघ संन्चालन तथा आउँदा दिनमा गरिने कार्यक्रमहरुको लागि आवश्यक पर्ने अर्थ संकलन गर्ने तथा विधिवत रुपमा कोष संन्चालन गरिने छ ।
११. बिगतमा जस्तै आउँदा दिनमा पनि इन्जिनियरिङ शिक्षामा योगदान हुने गरी एकल वा कलेजसंग साझेदारी गरी टक कार्यक्रम संन्चालन गरिने छ ।
१२. नेपाल इन्जिनियरिङ कलेजमा अध्यापनरत सम्पूर्ण प्राध्यापकहरुको बृद्धीबिकास  तलब भत्ता, बिदा तथा अन्य सुबिधाहरुमा एक कलेज–एक नीति बमोजिम कार्य गर्न÷गराउन कलेजसंग समन्वय गरिनेछ ।
१३. प्राध्यापकहरुको अनुसन्धात्मक अध्ययनको लागि बिनियोजन रकमलाई पारदर्शी र प्रभाबकारी रुपमा कार्यान्वयन गर्न कलेजसंग समन्वन गरिने छ ।
१४. प्र.प्रा.संघ, पोखरा विश्वबिद्यालय संग समेत सम्पर्क र समन्वय गरिनेछ ।
१५.कलेजमा अध्यापनरत प्राध्यापकहरुको पदिय मर्यादा तथा सम्मान उच्च बनाउन यस संघ सदैब क्रियासिल रहने छ ।
१६. कलेजको दिर्घकालिन तथा समय सापेक्षीत शैक्षीक स्तरोन्नतीको लागी विश्वबिद्यालय संग परिणम मुखी सहकार्य गर्न÷गराउन कलेज प्रशासन मार्फत पहल गरिनेछ ।

फाेटाेमा हेर्नुहाेस्...

सकियो प्रजातन्त्रबादी प्राध्यापक संघ नेक एकाईको साधारणसभा ः यस्तो रह्यो संघको भावी कार्यक्रम
सकियो प्रजातन्त्रबादी प्राध्यापक संघ नेक एकाईको साधारणसभा ः यस्तो रह्यो संघको भावी कार्यक्रम

Comments