जीवनोपयोगी शिक्षा विषय अध्यापन गर्ने शिक्षकहरुलाई तालिम
असार ४, २०८०, सोमबार | विहान १०:०९ बजे | 50
भक्तपुर । वागीश्वरी मा.वि.को आयोजनामा माध्यामिक तह कक्षा ११–१२ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय अध्यापन गर्ने शिक्षकहरुको पेसागत विकास तालिम सम्बन्धित कार्यक्रम आइतवार, कमलविनायक स्थित वागीश्वरी मा.विको सभा हलमा सम्पन्न भएको थियो ।
दस दिनसम्म सञ्चालन भएका शिक्षकगत पेसागत विकास तालिम समापन कार्यक्रममा शिक्षा तालिम केन्द्रका प्रमुख रुद्रहरी भण्डारीको प्रमुख आतिथ्तामा भएको हो ।
तालिम समापनका प्रमुख अतिथिका अनुसार तालिम आयोजक वागीश्वरी विद्यालय आफैमा सिकाइ विधि रहेको अध्ययन केन्द्र भएको हु“दा तालिमका प्रशिक्षार्थीहरुले नमूना विद्यालयवारे नजिकबाट अध्ययन गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रमका अतिथि शिक्षा सेवा आयोगका गुणराज पोखरेलले पनि विद्यार्थीहरुलाई कक्षा कोठाबाट समुदायसम्म लगेर सिकाउन आवश्यक रहेको कुरा व्यक्त गर्नु भयो ।
वागीश्वरी मा.वि.का प्रधानाध्यापकले पनि शिक्षा तालिम केन्द्र, धुलिखेलले तालिमका लागि वागिश्वरी मा.वि. छनोट गरेकोमा धन्यवाद व्यक्त गर्नुका साथै भक्तपुर नगरपालिकामा भएको सामाजिक, ऐतिहासिक स्थलको बिस्कृत वर्णन गर्नुभएको थियो ।
साथै तालिममा प्रशिक्षक विष्णुमाया सापकोटा रहनुभएको थियो भने कार्यक्रममा राजेश घिमिरे, राधिका घलेले पनि बोल्नुभएको थियो ।