विनायकमा स्काउट दिक्षान्त समारोह सम्पन्न


असार ३, २०८०, आइतबार | दिउँसो ०२:३४ बजे | 130


विनायकमा स्काउट दिक्षान्त समारोह सम्पन्न

विद्यार्थीहरूलाई अनुशासित, मर्यादित एवम् नैतिकवान् बनाउने लक्ष्य आत्मसात् गरी मध्यपुर थिमिको विनायक शिक्षा निकेतनमा सञ्चालित बिनायक स्काउट ट्रुपले दिक्षान्त समारोह सम्पन्न गरेको छ । विदेश पलायन हुनको लागि पढ्ने नभई देश विकासमा योगदान पुर्याउनको लागि पढ्ने हो भन्ने महत्वपूर्ण विचार पोख्दै उक्त समारोहका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका उप-प्रमुख तथा नगर स्काउट परिषद्‌का स्काउट प्रमुख श्री विजयकृष्ण श्रेष्ठले स्काउटिङ असल अनि सफल जीवनको आधार भएको बताउनु भयो । यसै गरी कार्यक्रमका विशिष्ट अतिथि नगर स्काउट परिषद्‌का सचिव तथा शिक्षा शाखा प्रमुख श्री ज्ञानेन्द्र भट्टले पूर्ण मानब निर्माण नै स्काउटको अभियान हो भन्ने धारणा ब्यक्त गर्नुभयो। अतिथिको रूपमा पाल्नुहुने बागमती प्रदेश स्काउट कार्यालय सदस्य तथा भक्तपुर जिल्ला स्काउट समन्वयकर्ता श्री अच्युत प्रजापति, नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक तथा सदस्यता वृद्धि संयोजक श्री भुवनरण श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा संस्कृतिविद् श्री गणेशराम लाछीले स्काउटकाे महत्व बारेमा प्रकाश पार्नुभयो । स्काउटर यमुना प्रजापतिले सञ्चालन गर्नुभएको उक्त समारोहमा स्वागत मन्तब्य राख्नु हुँदै स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिका संयोजक श्री तुल्सीहरि प्रजापतिले Mission 32 (मिसन ३२) अन्तर्गत शैक्षिक सत्र २०८० न्युनतम ३२ ओटा विद्यालयता स्काउट कक्षा सञ्चालन गर्ने अभियानको क्रममा १९ ओटा विद्यालयमा स्काउट कक्षा संचालन गर्न सफल भएको जानकारी गराउनु हुँदै स्काउट कक्षाले विद्यार्थीहरुलाई जिम्मेवार बनाउने बताउनुभयो । कुल ४० जना स्काउटहरुलाई दिक्षा दिईएको उक्त समारोहमा सभाका सभापति तथा विनायक शिक्षा स्काउट ट्रुपका ईकाई अध्यक्ष श्री सुरेन्द्र विक्रम प्रजापतिले स्काउटिङ्गकाे महत्व आत्मसात् गरी बिद्यालय स्थापना वर्ष: २०४५ सालदेखि स्काउट कक्षा सञ्चालन गर्दै आएको व्यहोरा अवगत गराउँदै स्काउटिङ्ग‌ले विद्यार्थीहरूको व्यक्तित्व र नेतृत्वको आधार तयार गर्ने बताउनु भयो भने नेपाल स्काउट सहायक राष्ट्रिय प्रशिक्षक श्री दिलकृष्ण प्रजापतिले धन्यवाद ज्ञापन गर्नुभयो ।

Comments