प्याब्सन भक्तपुरद्धारा विद्यार्थीलाई नेतृत्व विकास तालिम


असार २, २०८०, शनिबार | दिउँसो ०२:०३ बजे | 45


प्याब्सन भक्तपुरद्धारा विद्यार्थीलाई नेतृत्व विकास तालिम

मध्यपुर थिमि । निजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन प्याब्सन भक्तपुरद्धारा आफ्ना सदस्य विद्यालयका क्याप्टेन र उपक्याप्टेन विद्यार्थीहरुलाई एकदिने नेतृत्व विकास तालिम प्रदान गरेको छ । यचु पार्टी भेन्यू थिमिमा भएको तालिमको उद्घाटन गर्दै भक्तपुर प्याब्सनका अध्यक्ष सुरेन्द्र श्रेष्ठले व्यक्तित्व विकास, नेतृत्व विकास भए मात्रै विद्यार्थीहरु आत्मनिर्भर बन्ने बताउनु भयो । कार्यक्रममा प्याब्सन भक्तपुरका पदाधिकारी सदस्य एवं मध्यपुर थिमि नगर प्याब्सनका उपाध्यक्ष कर्णशंकर कायस्थ लगायतका अतिथि बक्ताहरुले तालिमको उद्देश्य र महत्वबारे छोटो जानकारी दिनुभएको थियो । प्रशिक्षक संजय खड्काले सैद्धान्तिक, व्यवहारिक एवं प्रयोगात्मक तालिम प्रदान गर्नु भएको कार्यक्रम संयोजक सोमकृष्ण प्रजापतिले जानकारी दिनुभयो । 

Comments