७ वटा सामुदायिक तथा ४ वटा प्राइभेट विद्यालयका विद्यार्थीहरुको एकै पटक तालिम क्याम्प सम्पन्न


जेठ ३२, २०८०, बिहीबार | विहान ०५:४६ बजे | 15


७ वटा सामुदायिक तथा  ४ वटा प्राइभेट विद्यालयका विद्यार्थीहरुको एकै पटक तालिम क्याम्प सम्पन्न

नविना श्रेष्ठ टोखा नगरपालिकाको आर्थिक व्यवस्थापन तथा तुख्य: क्लब द्धारा आयोजित टोखा नगरपालिकामा रहेका ७ वटा सामुदायिक विद्यालयका विद्यार्थी तथा ४ वटा प्राइभेट विद्यालयका विद्यार्थीहरुको एकै पटक तालिम क्याम्प अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनीमा सम्पन्न भएको छ। एक रात दुई दिन तालिम क्याम्पमा प्राइभेट स्कूलहरु मध्य लक्ष्मीपुर स्काउट टुप, ओएसिस स्काउट टुप, बिन्दबासिनी स्काउट टुप,अमर बोडिङ्ग स्काउट टुप गरि चार वटा स्कूलवाट १०५ जना विद्यार्थीहरू सहभागी रहेको थियो।भने दुई रात तिन दिन तालिम क्याम्पमा सामुदायिक विद्यालयहरुवाट झोर महांकाल स्काउट टुप, बौडेश्वर स्काउट टुप,मनोहरा स्काउट टुप, तिलिङ्गतार स्काउट टुप, धापासी स्काउट टुप,जालुपा स्काउट टुप, चण्डेश्वरी स्काउट टुप गरि सहभागी विद्यार्थीहरु ८० जना रहेको थियो। तुख्य क्यूका रोभर रेन्जरहरू साथमा स्काउटरहरु सहभागिता गरि १८५ जनाको उपस्थिति रहेको थियो। अन्तराष्ट्रिय तालिमकेन्द्र ककनीमा टोखा नगरपालिकामा रहेको सामुदायिक विद्यालय तथा प्राइभेट स्कूलको तालिम क्याम्प समापनमा नेपाल स्काउट बागमती प्रदेशका संयोजक शिव राम अर्याल,टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र शिक्षा शाखा वाट खगेन्द्र जिसी टोखा स्थानीय स्काउटका संयोजक नविन श्रेष्ठ, नेपाल स्काउट सायक राष्ट्रिय प्रशिक्षक हरि कृष्ण महर्जन, सरिता महर्जन,नन्द कुमारी श्रेष्ठ, स्काउटर नविना श्रेष्ठ, उर्मिला डंगोल,उषा डंगोल, सुमित्रा डंगोल, अनिता श्रेष्ठ, प्रमिला डंगोल, सुजिता सुबेदी, अमृता महर्जन, करुणा श्रेष्ठ, स्काउटर विशाल डंगोल,सुमन श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, रोमन श्रेष्ठ, अभिनन्दन कुमार श्रेष्ठ, संजय श्रेष्ठ लगायत तुख्य क्यूका रोभर रेन्जरहरूको उपस्थित रहेको थियो।

फाेटाेमा हेर्नुहाेस्...

७ वटा सामुदायिक तथा  ४ वटा प्राइभेट विद्यालयका विद्यार्थीहरुको एकै पटक तालिम क्याम्प सम्पन्न

Comments

ताजा खबर