विनायकका शिक्षक-शिक्षिकालाई एक दिने रुपान्तरित शिक्षा विषयक तालिम
जेठ ३१, २०८०, बुधबार | विहान ०५:५९ बजे | 125
मध्यपुर ठिमी ,भक्तपुर एक्काइसौं शताब्दीकाे आवश्यकता अनुसार हरेक शिक्षक शिक्षिकाले आफ्नो शिक्षण विधि, पद्धति र प्रक्रियामा आफूलाई समाहित गर्दै युगानुकूल वैज्ञानिक तथा प्रगतिशील शिक्षण विधि अपनाएर विद्यार्थीको सर्वाङ्गीण विकासमा लाग्नु पर्दछ भन्ने मान्यता बाेकेको विनायक शिक्षा निकेतन, मध्यपुर थिमिले यही २०८० ज्येष्ठ २८ गते शिक्षक शिक्षिकाहरुका लागि रूपान्तरित शिक्षा र जीवन विषयमा तालिमको आयोजना गर्यो। पनौती स्थित डाइमण्ड हिल रिसाेर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा ४४ जना शिक्षक शिक्षिकाहरू सहभागी भएका थिए भने तपोभुमी जीवन रुपान्तरण केन्द्र नामक संस्थाका संस्थापक विश्वराज गौतम र विराज गौतमले जीवन मार्ग, जीवनको रुपान्तरण अनि जीवन जिउने कलाका विषयमा अन्तरक्रियात्मक तथा मनोरञ्जनात्मक शैलीमा तालिम दिनुभएको थियो । साथै उक्त तालिम कार्यक्रममा विद्यालयका काउन्सिलर तुलसीहरि प्रजापति, संयोजक शैलेन्द्र कुमार भट्टराई तथा सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले शैक्षिक गुणस्तर , विद्यार्थी व्यवस्थापन र एक्काइसौं शताब्दीका शिक्षक-शिक्षिका मा हुनुपर्ने गुणस्तरीय क्षमता विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले अबको शिक्षण परियोजना कार्यमा हुनुपर्ने , टेक्नोलोजी सँगसँगै आफु चल्नुपर्ने ,विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलाप, विषयगत क्रियाकलाप र प्रगतिशील शिक्षण विधि, जीवन शिक्षाका साथ साथै नैतिक शिक्षा सिकाउँदै अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो।
फाेटाेमा हेर्नुहाेस्...