अनुदानको सही सदुपयोग गर्दै बागीश्वरी स्कुल/कलेज
जेठ २९, २०८०, सोमबार | दिउँसो ०३:५२ बजे | 60
रेणु त्वानाबासु
सामुदायिक स्कुल भनेपछि मुख खुम्च्याउने गरिन्छ अहिले पनि धेरैजनाले । नखुम्चियोस पनि कसरी ? भवन जीर्ण भएका हुन्छन् । कक्षा कोठामा बेन्च टेबल, ह्वाइट बोर्ड केही व्यवस्थित हुँदैन । तर भक्तपुरको सामुदायिक स्कुलमा यस्तो छैन् । भौतिक पूर्वाधारको साथसाथै कक्षा कोठा र शिक्षक पनि राम्रा छन् । विद्यालयको लागि चाहिने पूर्वाधारको लागि संघ, प्रदेश र स्थानीय सरकारबाट अनुदान र सहयोगमार्फत काम गरिरहेको पाइन्छ । जिल्लाको कमलविनायकस्थित बागीश्वरी कलेजको निर्माणधिन नयाँ भवन ब्लक सी भवनको दोस्रो, तेस्रो र चौथौ तल्ला निर्माणको लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुदानबाट निर्माण गरिरहेको छ ।
बागीश्वरी कलेजका प्रध्यानाध्यापक धनकुमार श्रेष्ठले हरेक वर्ष बागमती प्रदेशबाट दिइने पूर्वाधार विकासको लागि बागमती प्रदेश सशर्त अनुदान लिदै आएको बताए । व्यक सी भवनको भूइ तल्ला र पहिलो तल्ला कलेजको आन्तरिक स्रोतबाट बनाएको स्म्रण उनले गरे । दोस्रो, तेस्रो र चौथो तल्लाको लागि हरेक वर्ष बागमति प्रदेशबाट दिइने अनुदान लिर्दै आएकोे उनी सुनाउँछन् । उनले २०७६, २०७७, २०७८ सालमा जम्मा १ करोड ६१ लाख ३४ हजार १ सय ९९ प्रदेशबाट भवन निर्माणको लागि अनुदान प्राप्त भएको जानकारी दिए । चौथौ तल्लाको लागि २०७९ मा एक करोड १३ लाख बराबरको अनुदान प्राप्त भएको उनले थपे । सामाजिक विकास मन्त्रालय सार्वजनिक निर्माण कार्यान्वयन इकाइ बाग्मती प्रदेश गजुरी धादिंगमार्फत् सहयोग लिइदै आएको छ स्कुलले ।
स्कुलका संयोजक ज्ञानसागर प्रजापतिले संघ प्रदेशबाट दिएको सुविधा सकेसम्म लिदै आएको बताए । उनले अरुको जस्तो सुविधा लिएर त्यसलाई प्रयोगविहिन बनाउनु नपरेको भनाई राखे । त्यस्तै प्रदेश सरकारबाट नै एक विद्यालय एक नर्स अन्तर्गत यसको पनि सेवा लिँदै आएको छौं, उनले भने । एक नर्सले नपुगेर अहिले विद्यालयको आन्तरिक स्रोतबाट नै अर्को एकजना नर्स थप राखेको उनले बताए । उनले विद्यालयको विद्यार्थी कति छ रु त्यसको मूल्यांकन गरेर नर्सको व्यवस्था गर्न सुझाव दिए । साथै स्कुलमा धेरैले अनुदानको सुविधा धेरैले लिएको होला तर कलेजबाट लिएको हुनुपर्ने उनको दाबी छ ।
२०७८ र ०७९ मा बागमती प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत साँसद सुरन्ेद्रराज गोसाई, बागमति प्रदेश भक्तपुर नगरपालिका र कलेजको आन्तरिक स्रोतबाट बनाइराखेको उनले उल्लेख गरे । साथै कतिले सरकारी सुविधा लिन गाह्रो छ प्रक्रिया नै लामो छ भन्ने सुनिन्छ । हामीलाई त्यस्तो कहिले पनि भएको महसुस नभएको उनले गराए । आउँदो कार्यक्रमहरुमा पनि यस्ता अनुदानमा भाग लिदै त्यसको सेवाको लाभ उठाउने उनको भनाई छ । विद्यालयको हरेको क्रियाकलापमा लागि अनुदान हाम्रो लागि उतम सावित भएको छ, उनको विश्लेषण थियो ।
भक्तपुर कमलविनायक तुमचोस्थित बागिश्वरी कलेज ब्लक सी भवन निर्माण अनुदान बनेको जनाइएको छ । बागीश्वरी स्कुल र कलेज गरी जम्मा ६ वटा भवन छन् ।