विनायकका छात्र छात्राहरु भक्तपुर किड्स आइकन प्रतियोगिता विजयी
जेठ २९, २०८०, सोमबार | दिउँसो ०२:२४ बजे | 25
मध्यपुर थिमी, भक्तपुर "एक विद्यार्थी एक सीपः विद्यार्थीको सर्वाङ्गीण विकास भए सबैकाे हित "भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै आएको विद्यालय विनायक शिक्षा निकेतन ई स्कुल मध्यपुर थिमिको छात्र तथा छात्राहरुले २०८० जेष्ठ २८गते भक्तपुरमा आयोजित किड्स आइकनढ प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गरी विजयी तथा फ्रस्ट रनर अप हुन सफल भएका छन्।भक्तपुर किड्स आइकन भक्तपुरद्वारा करिब २१ वटा विद्यालयका छात्र छात्राहरु का बीचमा प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगितामा बिनायककी यछात्रा बियङ्का ढाकाल मिस किड्स आइकन , सुभान श्रेष्ठ first runner-up नायरा प्रजापति थर्ड रनर अप बन्न सफल भएका र अन्य विद्यार्थीहरु जस्मिन मगर, विज्ञान श्रेष्ठ र वर्षा श्रेष्ठले विभिन्न टाईटलमा बिजयी बन्न सफल भएको कुरा शिक्षिका सन्ध्या झाले बताउनुभयो। त्यस्तै सोही दिन नेपाल सितेरियो कराते संघ काठमाण्डुमाद्वारा आयोजित उपत्यकाव्यापी विभिन्न उमेर समूहको कराँते प्रतियोगितामा विनायकका आरभ भासीमा र वर्षा श्रेष्ठले स्वर्ण पदक ,विद्यार्थीहरु हसिन नापित ,नेहा श्रेष्ठ र समीर प्रजापतिले रजत पदक प्राप्त गर्न सफल भएका थिए। यसरी विद्यालयको मानसम्मान र प्रतिष्ठालाई उच्च राख्न सफल विद्यार्थीहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीहरुलाई खेलकुद तथा यस्ता अतिरिक्त क्रियाकलापका माध्यमबाट शिक्षा प्रदान गरी सक्षम नागरिक बनाउने लक्ष्य रहेको कुरा बताउनु भयो।
फाेटाेमा हेर्नुहाेस्...