विनायकमा विश्व वातावरण दिवस मनाइयो


जेठ २२, २०८०, सोमबार | दिउँसो १२:१४ बजे | 30


विनायकमा विश्व वातावरण दिवस मनाइयो

मध्यपुर थिमी भक्तपुर विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि 35 वर्षदेखि शिक्षाको ज्योति फैलाइरहेको मध्यपुर थिमिको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन ई.स्कुल ले यही जेष्ठ 22 गते( जुन 5 का दिन )विश्व वातावरण दिवसको अवसर पारी विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै विश्व वातावरण दिवश मनायो ।वातावरण संरक्षणका लागि सबै एक हाेओेेै ,सबै प्रकारका प्लाष्टिकजन्य पदार्थ प्रयोग गरिएका वस्तुहरु उपयोग नगराैं , पृथ्वी सबैको साझा घर भएकोले सबै मिलेर हरियाली भित्र्याउने कर्म गराैं आदिजस्ता नाराका साथ मध्यपुरथिमिका सार्वजनिक तथा सास्कृतिक धरोहरहरूको सरसफाई कार्यक्रम गरिएको विद्यालयका सहायक प्रिन्सिपल प्रेम प्रसाद निराैलाले जानकारी गराउनुभयो। कक्षा 1 देखि 10 सम्मका विद्यार्थीहरुलाई वातावरणीय सचेतना जगाउन चित्रकला प्रतियोगिता, नारा लेखनप्रतियाेगिता गरिएको उक्त कार्यक्रममा कक्षा 7 र 8 का बिद्यार्थीहरुले सिद्धिकाली मन्दिर परिसर, राधाकृष्ण मन्दिर परिसर र आसपासका क्षेत्रहरुमा जनचेतनामुलक सरसफाई कार्यक्रम समेत गरेका थिए। उक्त कार्यक्रममा सहभागी तथा प्रतियोगितामा भाग लिएर विजेता बन्न सफल विद्यार्थीहरुलाई विश्व वातावरण दिवसको शुभकामना दिँदै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आजका विद्यार्थीहरुलाई सानैदेखि वातावरणीय सरसफाइको महत्व तथा आवश्यकता महसुस गराउन आफ्नो गाउँठाउँ समाज र देशलाई हामी आफैंले सफा राख्न सके मात्र आफू स्वच्च्छ र निरोगी बन्न सक्ने उद्देश्य राखी स्थापनाकालदेखि नै विद्यार्थीहरुलाई जीवनाेपयाेगी तथा व्यावहारिक ज्ञान दिँदै आएको कुरा बताउनुभयो ।साथै सोही विद्यालयको पूर्व प्राथमिक तहका विद्यार्थीहरुलाई समेत स्वच्छ तथा स्वस्थ वातावरणका लागि विद्यालय परिसरमा फूलका विरुवाहरु राेपी हरियाली दिवस मनाएका थिए।

Comments