‘गुठी एक समाजिक संस्था’ विषयमा प्रमुख प्रजापतिस“ग अन्तरक्रिया
जेठ १६, २०८०, मङ्गलबार | दिउँसो ०१:३५ बजे | 40
मालती पराजुली
भक्तपुर– वागीश्वरी कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्र्थीहरूले भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिस“ग ‘गुठी एक सामाजिक संस्था’ विषयमा अन्तरक्रिया कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले बेलायतको संविधानजस्तै गुठीमा पनि अलिखित नियम, कानुन रहेको र यस नियम कानुनलाई सबै गुठीयारहरुको सहमतिमा मात्र सुधार तथा परिमार्जन गर्न सकिने बताउनुभयो ।
सामाजिक संस्थाको रुपमा स्थापित गुठीले समाजका व्यक्तिहरूद्वारा सामाजिक उद्देश्य पूर्ति गर्ने र संस्कृति, संस्कारहरूलाई निरन्तरता दिने उहा“ले बताउनुभयो ।
गुठीमा अपनाइने कार्यहरुका बारेमा विद्यार्र्थीहरुलाई सहज तथा सरल तरीकाले बताउ“दै उहा“ले गुठी समुदाय अरू संस्थाभन्दा भिन्नै तरिकाले चल्ने गर्दछ भन्नुभयो । उहा“ले भन्नुभयो, ‘गुठी सरकारी, निजि र राज गुठी गरी तीन प्रकारका हुन्छन् ।’
समुदाय र गुठियारबिच मर्दापर्दा सहयोग गर्ने, समाजको हित र भलाइको निम्ति काम गर्ने, परम्परादेखि चल्दै आएको चलन, रहनसहन, नैतिक अनुशासन, परिवेशलाई वर्तमान समयमा पनि निरन्तता दिई आउदो पि“ढीलाई हस्तान्तरण गर्दै जानुका साथै सांस्कृतिक सम्पदाहरूको जोहो गर्ने जिम्मेवारवोध गुठीले गर्ने बताउ“दै गुठी कुनै पनि व्यक्तिगत फाइदाका निम्ति नचल्ने उहा“ले बताउनुभयो ।
कार्यक्रममा विद्यार्र्थीहरु काजल थापा, रूपा धिमाल, गौरव लामिछाने, बिना वनमाला र प्रनिता अधिकारीले आÇनो समुहबाट अवलोकन गरिएका सामुदायिक संस्थाहरु जस्तै सामुदायिक वन, सहकारी, धार्मिक स्थल, विद्यालय, अस्पतालहरूको बारेमा छोटो प्रस्तुति दिएका थिए ।
विद्यार्थी सरला लवजूको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरु ज्योतिका शिल्पकार र मालती पराजुलीले पनि बोल्नुभएको थियो ।