ख्वपबाट विदा भए एक हजार सात सय ९० विद्यार्थी
जेठ १५, २०८०, सोमबार | दिउँसो ०१:४९ बजे | 50
भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविमा कक्षा १२ पूरा गरेका एक हजार भन्दा वढी विद्यार्थी विदाई भएका छन् । कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयमा कक्षा ११ र १२ पूरा गरेका विद्यार्थीको विदाई गरिएको हो । सोमबार कलेजमा एक भव्य कार्यक्रम गरी उनीहरुलाई विदाई दिइएको हो । विज्ञानका सात सय ३१, व्यवस्थापनका नौ सय दुई, कानुनका ५६ र मानविकीका ३० जना विद्यार्थीलाई विदाई दिइएको हो ।
विदाई कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें, ख्वप मावि एवं ख्वप सर्कल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख एवं व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशी, ख्वप कलेज अफ इन्जिनियरिंगका प्राचार्य सुनिल दुवाल, ख्वप पोलिटेक्निक्सका प्राचार्य डा रत्नसुन्दर लासिवा, ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप उच्च माविका प्राचार्य लक्ष्मीसुन्दर कर्माचार्य, ख्व्प कलेज अफ लकी प्राचार्य अनिता जधारीलगायतले विद्यार्थीलाई विदाई तथा शुभकामना दिएका थिए ।
समारोहको वीचवीचमा कलेजमा अध्ययनरत विद्यार्थीले विभिन्न गीत, संगीत, नृत्य प्रदर्शन गरी मनोरञ्जन दिलाएका थिए । यसअघि विदाई भई जाने सवै विद्यार्थीलाई कक्षागत रुपमा खिचिएको एउटाएउटा समूहको तस्वीर, २०८९ व्याचसँंग सम्वन्धित विवरण भएको ग्राजुयएन बुकलेट, मौलिक परम्परागत ग्राजुयशन स्काफबाट सम्मान गरिएको थियो । कार्यक्रम झण्डै दिनभर चलेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...