एभरेस्ट स्कुलमा सकियो अभिभावक भेला


जेठ १३, २०८०, शनिबार | दिउँसो ०२:५७ बजे | 15


एभरेस्ट स्कुलमा सकियो अभिभावक भेला

भक्तपुर । शिक्षा विज्ञले घरमा आआफना बालबालिकाहरुलाई दोहोरो कुरा गरेर नअल्मल्याउन अभिभावकलाई सुझाएका छन् । एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा शनिबार भएको अभिभाबक भेलामा विज्ञ वरिष्ठ बाल शिक्षण तालिम प्रशिक्षक उतम दाहालले घरमा आमाले एउटा अनि बाबाले अर्काे कुरा गर्दा घरका ससाना बालबालिकाहरु अलमलमा पर्ने बताए । त्यसैले बुबा र आमा दुवैले एउटा कुरा गरेर बालबालिकालाई नअल्मल्याउँं, अभिभावकलाई सुझाउँंदै उनले भने, त्यसले बालबालिका दोधारमा पर्ने हुन्छ । 
आमाले मोबाइल धेरै नहेर भन्ने अनि बाबाले हेरे पनि केही हुन्न हेर भनेर भन्दा ससाना बालबालिका कन्फुजमा पर्ने उनको भनाई थियो । यो त एउटा साधारण उदाहरण मात्रै हो, उनले भने, त्यस्ता धेरै कुराकानी हाम्रा घरमा हुन्छन् जसले बालबालिकालाई अल्मल्याउने हुन्छ । 
आआफना छोराछोरीहरुलाई अरु बालबालिकासँंग तुलना नगर्न उनले सुझाए । हरेक बालबालिकासँंग एउटा एउटा खुवी लिएर आएका हुन्छन्, उनले थपे, सवैसँंगै एउटै क्षमता हुँंदैन । त्यसकारण अरु बालबालिकासँंग तुलना गरेर उनलाई आत्माग्लानी नगराउने उनले सुझाए ।  

Comments

ताजा खबर