विनायकका विद्यार्थीहरुलाई आवासीय जीवन शिक्षा विषयमा तालिम
जेठ ९, २०८०, मङ्गलबार | दिउँसो ०३:४१ बजे | 35
मध्यपुर ठिमी भक्तपुर " असल संस्कार :शुद्ध विचार ,गुणस्तरीय शिक्षा: सफलताको आधार "भन्ने अभीष्ट बाेकी संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी भक्तपुरले यही जेठ 5 र 6 गते कक्षा 9 का विद्यार्थीहरुलाई जीवन शिक्षा प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गर्याे ।नेपाल धार्मिक तथा सामाजिक विकास संघ तथा विद्यालयको संयुक्त आयोजनामा संचालन गरिएको उक्त कार्यक्रम दुई दिन चलाइएको थियो ।ललितपुरको ठेचो स्थित फुत्त मन्दिरमा आयोजित उक्त कार्यक्रममा कक्षा 9 का 51 जना विद्यार्थी र 5 जना शिक्षक शिक्षिकाहरु सहभागी रहेका थिए ।आवासीय तालिम तथा अभिमुखीकरण कार्यक्रम गरिएको उक्त कार्यशालाबाट विद्यार्थीहरुलाई जीवन के हो? जीवन लाई सफल र प्रभावकारी बनाउन तथा सार्थक बनाउन जीवन र शिक्षा अनुशासनको कस्ताे भूमिका रहन्छ? भन्ने कुरा संस्थाका प्रमुख सानुकाजी डंगोलले विद्यार्थीहरुलाई प्रशिक्षित गराउनुभएको थियो। ताइवानी गुरुद्वारा दीक्षा प्रदान गरिएको उक्त कार्यक्रमबाट विद्यार्थीहरुले हरेक आमाबुबाहरुले आफ्ना सन्तानबाट ठुलो सपना देखेका हुन्छन् तसर्थ हरेक सन्तानले कर्तव्यपरायण बनी बुबाआमाको आशा र सपना अनुसार आफ्नो जीवन सर्वोत्कृष्ट बनाउनेतर्फ अग्रसर हुनुपर्छ भन्ने कार्यक्रमको सार रहेको बताउनुभयो । कक्षा 9 का वर्ग शिक्षक कृष्ण पन्थी र उषा कोइरालाको संयोजन तथा नेतृत्वमा लगिएको उक्त कार्यक्रमबाट विद्यार्थीहरुले जीवनोपयोगी तथा व्यवहारपयोगी शिक्षा सपक्न सफल हुनेे र एक्काइसौं शताब्दीका विश्व नागरिक विद्यार्थीहरुलाई नैतिक मूल्यमान्यता अनुसारको जीवन शिक्षा आवश्यक भएको महसुस गरी उक्त कार्यक्रममा सहभागिता जनाइएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बताउनुभयो। विभिन्न इभेन्टहरुका साथ सञ्चालन गरिएको उक्त कार्यक्रमबाट विद्यार्थीहरु लाभान्वित हुन सकेको र अति उत्कृष्ट कार्यक्रम रहेको सहभागी विद्यार्थीहरुले बताए।