विद्यार्थी नेता छान्न अक्सफोर्डमा मतदान


जेठ ९, २०८०, मङ्गलबार | विहान ०४:१३ बजे | 25


विद्यार्थी नेता छान्न अक्सफोर्डमा मतदान

भक्तपुर । अक्सफोर्ड प्राक्टिकल स्कुल सल्लाघारीमा विद्यार्थी नेता छान्न मतदान भएको छ। मतदान केन्द्रमा निर्बाचन आयोगले प्रयोग गर्ने सबै सामग्रीको ब्यबस्था गरिएको थियो।

रातो, निलो, पहेँलो र हरियो गरी चार वटा सदनको क्याप्टेन, भाईस क्याप्टेन र म्यानेजर तथा बिद्यालयको छात्र नेता र छात्रा नेता छान्न मतदान भएको हो। प्रत्येक सदनमा क्याप्टेन, भाईस क्याप्टेन र म्यानेजरको लागि ४ देखि ७ जनासम्म उम्मेदबार रहेका थिए भने छात्र नेता र छात्रा नेताको लागि ४/४ जनाको उम्मेदबारी रहेको थियो।

उम्मेदबारी दिने विद्यार्थी नेताहरूले एक हप्तासम्म बिद्यार्थीमाझ आफ्नो योजना सहित आफूलाई मत मागेका थिए। मतदानमा कक्षा ३ देखि कक्षा १० सम्म २५० भन्दा बढी बिद्यार्थीहरूले मतदान गरेका थिए। सामाजिक शिक्षामा मतदाता शिक्षा बिषय पढाइ हुने गरेकोमा बिद्यार्थीहरूलाई ब्यबाहारिक सिकाईका लागि प्रत्यक्ष मतदान गरिएको बिद्यालयका प्रिन्सिपल रवि दुवालले जानकारी दिए।

उनले प्रजातान्त्रिक पद्दतिमा प्रत्यक्ष निर्बाचन प्रणाली उत्तम रहेको जानकारी बिद्यार्थीलाई गराउन सहज भएको बताए। बिद्यार्थीको क्षमता बिकासमा पनि सहयोग पुग्ने उनको विश्वास छ । मतदानमा सहभागी तल्लो कक्षाका बिद्यार्थीले निर्बाचन आयोगले गर्ने चुनाब यस्तै हुन्छ हो भनेर जिज्ञासा राखेका थिए भने माथिल्लो कक्षाका बिद्यार्थीले निर्बाचन आयोगले गर्ने चुनाब जस्तै गरिएकोमा खुसी भएका थिए।

विद्यार्थी आफैंले आफ्नो नेता छान्न पाएको र मतदान गर्न पाएकोमा बिद्यार्थीहरू खुसी भएका थिए । मतदान केन्द्रमा कर्मचारीका रुपमा शिक्षक तथा प्रमुख निर्बाचन अधिकृतका रुपमा बिद्यालयका प्रिन्सिपल रहेका थिए।

Comments