भक्तपुरमा चुनाव ः दुईजना विजयी


2023-05-19 15:08:36

News Image

भक्तपुर । भक्तपुरको एउटा स्कुलमा शुक्रबार चुनावको झल्को दिने मिनी चुनाव भएको छ । जिल्लाको एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरमा चुनाव भएको हो । स्कुलका छात्रछात्राहरुले मतदान प्रक्रियाबाट आफना नेता आफै मत दिएर छानेका हुन् । 
स्कुलमा कक्षा ६ देखि १० सम्मका ६ सय भन्दा वढी विद्यार्थी मतदानमा सहभागी भएका थिए । उनीहरुले विहान १० बजेदेखि दिउँंसो दुईबजेसम्मको समयभित्र मतदान गरेका थिए । लाइन बसेर उनीहरुले स्कुल परिसरभित्रै रहेको एउटा मतदान केन्द्रको तीन वटा बुथमा मतदान गरेका थिए । 
मतदान सकेपछि दिउँसोबाटै मतगणणा सुरु गरिएको थियो । मत गणणापछि एक जना क्याप्टेन र अर्काे सहायक क्याप्टेन गरेर दुई जना विद्यार्थी विजयी बनेका छन् । ‘हुन त कक्षैपिच्छे क्याप्टेन र सहक्याप्नेटहरु छन्, स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले भने, ‘तर अव आज शुक्रबार बिजयी भएका क्याप्टनहरु भने क्लासवाइजनका भन्दा ठूलो जिम्मेबारीमा रहने स्कुलकै मुल क्याप्टेन र सव क्याप्टेनहरु हुन् ।’ 
विजयी क्याप्टेन र सवक्याप्टेनहरुहरुले सम्पूर्ण स्कुलको विद्यार्थी नेताको भूमिकामा रहने प्रिन्सिपल राजभण्डारीले बताए । उनीहरुले स्कुलले बनाएको आचारसंहिताभित्र रहेर, अनुशाशित भई स्कुलले गर्ने हरेक कार्यक्रमको सहयोगमा स्कुलका विद्यार्थीलाई परिचालन गर्ने भूमिकामा रहने बताइएको छ । साथसाथै स्कुलले प्रत्येक दिन विहान गर्ने सफाई कार्यक्रमलगायतमा पनि उनीहरुलाई नेतृत्वदायी भूमिकामा रहने जनाइएको छ । 
मतदान अघि उम्मेदवारहरुको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, मतदाता नामावली सार्वजनिक, प्रचारप्रसार गराइएको थियो । उम्मेदबार विद्यार्थीलाई त्यसका लागि कक्षाकोठा तथा दैनिक विहानको एसेम्वलीमा ठाउँं दिइएको थियो । त्यसअनुसार निर्वाचन चिह्न पनि प्रदान गरिएको थियो । यही नियमित प्रक्रिया अनुसार गोप्य मतदान गराइएको थियो ।
स्कुलमा भएको यो पहिलो निर्वाचन भएको स्कुलले जनाएको छ । अवका दिनमा वर्षैपिच्छे यसरी नै मतदान गराई स्कुलको विद्यार्थी नेतृत्व छनौट गर्ने योजना रहेको स्कुलले जनाएको छ । स्कुलका अनुसार कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुमध्ये प्रत्येक वर्षको जेठमा एकजना क्याप्टेन र अर्काै सव क्याप्टेनका लागि निर्वाचन हुने छ । पालैपाले कुनैबेला छात्राहरुमध्येबाट क्याप्टेन र छात्रहरुमध्येबाट सव क्याप्टेन त कुनै वर्ष छात्रहरुमध्येबाट क्याप्टेन र छात्राहरुमध्येबाट सव क्याप्टेनका लागि चुनाव गर्ने योजना राखिएको छ । यो वर्ष क्याप्टेनका लागि कक्षा १० का पाँंचजना छात्रा र सव क्याप्टेनका लागि कक्षा १० कै चारजना विद्यार्थी प्रतिस्पर्धामा थिए । विद्यार्थीलाई निर्वाचन प्रणालीबारे अनुभव गराउन निर्वाचन गराइएको स्कुलले जनाएको छ ।
भक्तपुर नगरपालिका शिक्षा शाखाका प्रमुख कृष्णप्रसाद कर्माचार्यले भक्तपुर नगरभित्र झण्डै एक सय वटाको हाराहारीमा स्कुलहरु रहेको र ती स्कुलहरुमा फाटफुट रुपमा यसरी निर्वाचन गराई विद्यार्थी नेतृत्व छान्न लगाउने प्रक्रिया सुरु भएको जानकारी गराए ।  

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *