बाल विकास केन्द्रहरूमा शैक्षिक तथा खेल सामग्रीहरू हस्तान्तरण
जेठ ५, २०८०, शुक्रबार | विहान ०९:१६ बजे | 20
काठमाडाैं, ५ जेठ । टाेखा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा संचालन भईरहेको बाल विकास केन्द्रहरूमा शैक्षिक तथा खेल सामग्रीहरू हस्तान्तरण गरिएकाे छ ।
बालबालिकाकाे क्षेत्रमा वर्षाैदेखि कृयाशील संस्था चाइल्ड नेपालकाे अग्रसरता तथा पीइ एण्ड डीकाे आर्थिक सहयाेग र टाेखा नगरपालिका संगकाे सहकार्यमा हिजाे शैक्षिक तथा खेल सामग्रीहरू हस्तान्तरण गरिएकाे हाे ।
“प्रारम्भिक बाल विकासमा लगानी परियोजना” अन्तर्गत नगरपालिकाभित्र रहेका सामुदायिक बिद्यालयहरूमा संचालन भईरहेको बाल विकास केन्द्रहरूमा शैक्षिक स्तराेउन्नति गर्ने उद्येश्यका साथ बाल शिक्षण तथा खेल सामाग्रीहरू हस्तान्तरण गरिएकाे चाइल्ड नेपालका अध्यक्ष डा कृष्ण सुवेदीले बताउनुभयाे
।
त्यस्तै निर्देशक माेहन दंगालले “प्रारम्भिक बाल विकासमा लगानी परियोजना” अन्तर्गतका यस्ताे सहयाेगले नगरक्षेत्रका एक हजार भन्दा बढि बालबालिकाहरु प्रत्येक्ष लाभान्वित हुने बताउनुभयाे ।