विनायक शिक्षा निकेतनमा चुनाव


जेठ ३, २०८०, बुधबार | विहान ०६:११ बजे | 35


विनायक शिक्षा निकेतनमा चुनाव

मध्यपुर थिमी ,भक्तपुर संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रको उत्कृष्टता प्रस्तुत गर्न सफल मध्यपुर थिमिको धरोहर शिक्षाको विनायक शिक्षा निकेतन इङ्गलिस स्कुल ले प्रजातान्त्रिक मूल्य, मान्यताबारे ज्ञान दिलाउने उद्देश्यले यही जेठ 2 गते स्कुल प्रेसिडेन्ट तथा भाइस प्रेसिडेन्टको निर्वाचन सम्पन्न गरेको छ ।विद्यालयका शैक्षिक संयोजक शैलेन्द्र भट्टराई तथा अतिरिक्त क्रियाकलाप संयोजक शिवहरी प्रजापतिको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा 4 देखि 10 सम्मका विद्यार्थीहरु सहभागी भएका थिए ।साेही दिन सदन प्रमुख र उपप्रमुख समेत निर्वाचन भएको उक्त कार्यक्रमबाट विद्यार्थीहरुले चुनाव , चुनावी प्रक्रिया , प्रजातान्त्रिक मूल्य- मान्यता ,मतदान आदि सम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गर्न सफल भएकाे कुरा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी गराउनुभयो ।यो चुनावी प्रक्रियाद्वारा कक्षा 10 का छात्र निशान मगर स्कुल प्रेसिडेन्ट तथा सम्यक श्रेष्ठ स्कुल भाइस प्रेसिडेन्ट बन्न सफल भएका थिए ।साथै साेही दिन मत गणना गरी विजयी सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा सफल कार्यकालको कामना गर्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आजको विद्यार्थीलाई प्रजातान्त्रिक संस्कार सिकाउँदै जीवनोपयोगी ज्ञान दिनु विद्यालयको उद्देश्य रहेको तथा स-साना कुराहरु सिकाएर विद्यार्थीहरुलाई भोलिका यस देशका सक्षम नागरिक बनाउन सकिने कुरा बताउनु भयो

Comments

ताजा खबर