विद्यालयमा पाठ्यक्रम मात्र नभई संस्कार पनि सिकाऔं


जेठ २, २०८०, मङ्गलबार | दिउँसो १२:३३ बजे | 40


विद्यालयमा पाठ्यक्रम मात्र नभई संस्कार पनि सिकाऔं

भक्तपुर २ जेठ । रोम्बस सेकेण्डरी स्कूलको आयोजनामा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत र पूर्व प्रा.बि. तह उत्तीर्ण विद्यार्थीहरुलाई दिक्षान्त गर्न स्वागत तथा दिक्षान्त समारोह–२०८० कार्यक्रम भक्तपुर नगरपालिका १० नं वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाको प्रमुख आथिथ्यतामा मंगलबार एक समारोहबीच ख्वप बैंक्वेटमा सम्पन्न भयो ।
प्रमुख अतिथि लक्ष्मी प्रसाद ह्यौमिखाले नेपाल मजदुर किसान पार्टीका अग्रजहरुको निरन्तर संघर्षले शिक्षा क्षेत्रमा ६०÷६५ बर्ष काम गरेपछिको अहिलेको शिक्षा विकास भएको बताउनुभयो । उहाँले विद्यालयमा पाठ्यक्रममात्र नभई संस्कार के हो भने सिकाउनुपर्ने बतनउनुभयो । उहाँले अहिलेपनि उच्चशिक्षाको लागि विदेशीने विद्यार्थी धेरै भएकोले स्वदेश मै पढ्न र पढाउन उत्प्रेरित गर्नुपर्ने बताउँदै उत्पादन हामीले गर्ने सेवा विदेशको गरेर देश विकास नहुने बताउनुभयो । उहाँले भक्तपुर पर्यटकीय स्थल भएकोले अतिथि देव भव् भने झै पर्यटकहरुलाई सत्कार गर्नुपर्ने र भक्तपुर शिक्षा हेर्न नगरपालिकाले खोलेको ख्वप कलेजहरु, नमुना सरसफाई, विकास निर्माण र ख्वप अस्पतान हेर्न समेत आउने बताउनुभयो । उहाँले नेमकिपाको घोषणापत्र अनुसार देश र जनताको सेवा गरिरहेको बताउनुभयो । उहाँले शिक्षामा भक्तपुर नगरपालिकाले शैक्षिक ऋण, भुगोल, इतिहास, सस्कृति बिषयहरुमा विद्यापारिधि गर्न निःशुल्क अध्ययन गर्न छात्रबृति समेत प्रदान गरिरहेको बताउनुभयो । उहाँले नगरव्यापी अन्तर विद्यालय खेलकुद प्रतियोगिता र अन्तरनगर खेलकुद प्रतियोगिता आयोजनालाई निरन्तरता दिईरहेको, निःशुल्क अक्सिजन वितरण, रगत निःशुल्क वितरण गरिरहँदा खानेपानी तर्फ भने चुनौति रहेको बताउनुभयो । 
कार्यक्रममा विशेष अतिथि अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले बालबालिकाहरु अन्तरनिहित प्रतिभाहरु बोकेर जन्मिन्छन् । ती प्रतिभाहरु शिक्षाको माध्यमबाट प्रष्फुटन हुन्छ । आज विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गराउन यी यस्ता अतिरिक्त क्रियाकलाप कार्यक्रमले मद्दत पुग्ने बताउनुभयो । 
उहाँले असंगठित रुपमा रहेका अभिभावकहरुलाई एकताबद्ध गरी अभिभावकहरुको समस्याहरुलाई समेट्दै सुझाब र सल्लाहलाई आत्मसात गर्दै शिक्षा क्षेत्रमा भईरहेको विकृति, विसंगति, मनपरितन्त्र, व्यापारिकरण, चर्को शुल्क बृद्धि, महंगी, बालबालिका माथि यातना, शैक्षिक संस्था बन्दको विरोध तथा भौतिक सुबिधा र गुणस्तर युक्त शिक्षाको लागि अभिभावकहरु संगठित रुपमा अगाडि बढ्ने प्रणका साथ गठन भएको बताउनुभयो । उहाँले बालबालिका विग्रनुमा संगत, शिक्षक र अभिभावकको हात रहन्छ । एउटा उखान पनि छ ‘तेल के हेर्नु तेलको धारा हेर्नु, छोरा के हेर्नु छोराको संगत हेर्नु । बालवालिकाहरुको संगत विकृति फैलाउने संग प¥यो भने समाजलाई नै विकृति तर्फ धकेलिन्छ । विस्तारै लागुपदार्थ दुव्र्यसनीतिर उन्मुख हुन्छ । आजकालका केही बालवालिकाहरु स्कूले जीवनदेखि नै भागेर जाँड, रक्सी र चुरोट खाने गरेको पाईन्छ । त्यसैले उसको संगत कोसंग छ भने कुरा अभिभावकहरुले ध्यान दिनु पर्ने बताउनुभयो । 
उहाँले ब्यक्तिको ज्ञान, सीप र धारणामा परिवर्तन गर्दै ब्यवहारमा सकारात्मक परिवर्तन ल्याउने सशक्त माध्यम नै शिक्षा हो । व्यक्तिको ज्ञान, सीप र धारणामा परिवर्तन ल्याई व्यवहारमा परिवर्तन ल्याउने शिक्षाको प्रक्रिया नै सिकाई हो भन्नुभयो । उहाँले वास्तवमा घोक्ने र घोकाउने प्रणाली गुणस्तर शिक्षाको आधार नभएर ज्ञान आर्जन र त्यसलाई सही रुपमा व्यवहारमा उतार्ने कुशलता नै शैक्षिक गुणस्तर मापनको आधार हो भन्नुभयो । उहाँले जसको अर्थ हुन्छ दश जना उपाध्यायभन्दा बढी एक जना आचार्य, सय जना आचार्यभन्दा एउटा बुबा र हजार बुबाभन्दा बढी एउटी आमा बालबालिकाका निम्ति महत्वपूर्ण हुन्छन् भन्नुभयो । 
कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजेन्द्र कोजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडासदस्य कृष्ण नारायण डुमरु, व्यवस्थापन प्रतिनिधि कृष्णगोपाल सुनार, अभिभावक प्रतिनिधि रामकृष्ण दाहाल र अभिभावक सबु खरेलले पनि बोल्नु भएको थियो । 

Comments