भक्तपुरमा चुनाव ः आठ जना विजयी
2023-05-09 15:05:22
भक्तपुर, वैशाख २६
भक्तपुरको एउटा स्कुलका ससाना विद्यार्थीहरुले मंगलबार निर्वाचनबाट आफना नेता (नेतृत्व) छानेका छन् । भक्तपुर नगरको देकोचास्थित जेन्युइन स्कुलका विद्यार्थीले मतदान गरेर आफना आठ जना नेताहरु छनौट गरेका थिए ।
स्कुलले जनाए अनुसार स्कुलमा चार वटा सदनहरु छन् । प्रत्येक सदनमा एकजना लिडर र अर्काे सहायक लिडर विद्यार्थीले निर्वाचनबाट छानेका हुन् । चुनावमा कक्षा ४ देखि कक्षा १० सम्मका ६ सय भन्दा वढी विद्यार्थीले मतदान गरेका थिए ।
स्कुलका सहप्रधानाध्यापक राज धौभडेलले विद्यार्थीले आफनो नेता आफैं छान लगाउनका लागि चुनाव गराएको जनाए । उनका अनुसार प्रत्येक सदनबाट नेताका लागि तीनतीन जना र उपनेताका लागि पनि तीनतीन जना गरी कुल १२ बाह्र जना गरी कुल २४ जना मैदानमा उत्रेका थिए । उनीहरुमध्ये प्रत्येक सदनबाट एकएकजना नेता र एकएकजना उपनेता गरी चारचार जना नेता र चारचार जना उपनेता गरी कुल आठ जना निर्वाचित भएका छन् ।
निर्वाचन आयुक्त स्कुलका शिक्षक विश्वबहादुर दुवालले विद्यार्थीलाई निर्वाचन प्रणालीबारे अनुभब गराउन पनि निर्वाचन गरिएको बताए । त्यस अनुसार उम्मेदबार मनोनयन, दावी विरोध, अन्तिम नामावली, मतदाताको नामावली सार्वजनिक, प्रचारप्रचार सवै गराइएको थियो । त्यस अनुसार निर्वाचन चिन्ह पनि प्रदान गरिएको थियो । त्यस अनुसार गोप्य मतनान गराइएको थियो । विहान १२ बजेबाट सुरु भएको निर्वाचन साँंझ सकेको थियो । मतदान सकेपछि सर्वदलीय बैठक वसी मतगणणा सुरु गरिएको थियो । त्यही अनुसार मंगलबार नै विजयीहरुको नाम घोषणा गरिएको थियो । विजयी उम्मेदबारको बुधबार विजय याली निकालिने जनाइएको छ ।
स्कुलले जनाए अनुसार निर्वाचित नेताहरुले स्कुलका हरेक अरिरिक्र क्रियाकलापमा सक्रियतापूर्वक अन्य विद्यार्थीलाई सहभागी बनाउने भूमिकामा रहने छन् । उनीहरुले पूरै स्कुलका छात्रछात्राहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागी गराउने भूमिकामा रहने छन् । चार कक्षा भन्दा मुनिका बालबालिकाहरु ससाना हुनाले उनीहलाई निर्वाचनमा भाग लिन लगाइएको थिएन् ।
जेन्युइन स्कुल जिल्लाकै एउटा उत्कृट स्कुल हो । एसर्ईईमा वोर्ड उत्कृष्टको व्यवस्था रहेको बेला यो स्कुलले पनि आफना विद्यार्थीलाई वोर्डमा ल्याउन सफल भएको थियो ।
प्रतिक्रिया