‘नेकपालाई सत्ता– बाँदरलाई लिस्नु’


भदौ २४, २०७७, बुधबार | विहान ०९:४८ बजे | 45


डा. राजेन्द कोजू
नेपालका सबै नेताहरु ‘जनता’ र ‘जनताको लागि’ भन्न कहिल्यै थाक्दैनन् । जो कोही नेता ‘तीन करोड’ नेपाली आफ्नो साथमा छन् भन्न पनि हिच्किचाउँदैनन् । तर, यतिखेर नेपाली जनताको मनमा डर,त्रास र भयले डेरा जमाएको छ । पीडा र छट्पट्टीमा बाँच्न बाध्य छन् । २०७६ चैत्र ११ गते देखि लकडाउन, सटडाउन र निषेधाज्ञाका नाममा जनता धरभित्र थुनिनु पर्दा जनतामा व्यापक असन्तोष र भयानक विद्रोहको भावना पैदा भईसकेको छ । सरकारले लकडाउनको उपादेहिता प्रमाण्ति गर्न सकेको देखिएन । देशमा व्यापक आर्थिक मन्दी सिर्जना  गरिएको छ । सरकार विरुद्ध जनतामा विद्रोहको भावना पैदा भएको हो । शुरुका दिनमा कोरणाको बिषयमा मेडियामा आएका प्रचारका सामग्री र सूचनाले गर्दा जनताहरु ‘जीउ रहे घिउ पछि खाउँला’ भनी घर भित्र बस्न तयार भए । जस्तै परिस्थिति र भोकसंग सामना गरेर भए पनि रोगवाट बच्नुपर्छ भन्नेमा पुगेका थिए । तर, लकडाउन अवधिमा सरकारका गतिविधि व्यवहार र अर्कमव्यताले सरकार प्रति वितृष्णा पैदा भएको हो । विस्तारै परिस्थिति जटिलता तिर जानु, सरकार दिनदाहादै भ्रष्टाचारमा लिप्त हुनुले रोगसंग भन्दा भोकसंग सामना गर्न कठिन हुन थाल्यो । जसले गर्दा आम जनता रोगले मर्ला–नमर्ला थाहा छैन तर यस्तै तालले हो भने र सरकारको यही रवैया रहने  हुने हो भने भोकले चाहिँ जरुर मर्छौं भन्न थालेका छन् । सरकार जनउत्तरदायी नभएकै हो । सरकारमा जाने मन्त्री, प्रधानमन्त्री र सरकारका प्रवक्ताका वोली व्यवहार गैर जिम्मेवार र हुकुमी रहेको सम्पूर्ण  जनताले राम्रैसंग महशुस गरिसकेका छन् । तर, जनताको घर आँगनमा, चुला चौकामा असन्तोषको लाभा विस्फोट हुनै लागेको कुरा दरवारमा बसेका, महलमा बसेका बडेमानका नेतालाई र शक्तिवालालाई थाहा भईसकेको छैन । तर, यसको क्षति नेकपालाई राम्रैसंग हुनेवाला छ ।
      प्रधानमन्त्री एवं ने.क.पा. का अध्यक्ष के पी ओली झुटको खेती गर्न माहिर छन् । उनले जनताका अगाडि घोषणा गरेका धेरै आश्वासनहरु चटकेको भाषण जस्तो मात्र भएको छ । देशको मूलधार मेडियाका चर्चित–लोकप्रिय कार्यक्रमहरुमा अति घमण्ड र विश्वासका साथ गरेका धेरै वाचाहरु झुटा सावित भइसकेका छन् । त्यसैले नेकपालाई सत्ता ‘बाँदरलाइ लिस्नु’  नै उस्तै उस्तै हो भन्ने अवस्था आऐका छ । सरकार ठगहरुको घेरावन्दीमा रहेको कुरा अब जो कोहिले बुझ्न थालेका छन् । के पी आलीको सरकार सर्वसत्तावाद र अघिनायकवादको वेलगाम घोडा चढेर हुँइकिरहेको छ । जनतालाई केन्द्रविन्दुमा राखेर जनताका लागि जनताद्धारा निर्वाचित सरकार सम्पूर्ण श्रोत, शक्ति र श्रम लगाउनु होला । तर, आफ्ना आसेपासे, नातागोता र नेताहरुको फाईदा भएपछि जे पनि गर्न  उद्येत रहने सरकार कसरी लोकप्रिय हुन सक्छ र ? जनताका दैनिक जनजीवनमा आएका समस्या र दैनिकीलाई सहज बनाउन हरपल तत्पर हुनुपर्ने सरकार र मन्त्रीहरु गैर जिम्मेवार र जनअनुत्तरदायी बनेपछि जनताका बीचमा पुगेर जनताका कानेखुसीलाई कान खोलेर नसुन्ने र आँखा तेजिलो पारेर नहेर्ने र खुट्टा लामो पारेर जनताको घर आँगनमा नपुग्ने हो भने यसले निम्त्याउने परिणाम भयानक हुने निश्चित छ । जनताले आशा गरेका नेता र मन्त्रीहरु पद र पैसामा बिक्न थालेका छन् ।  पद पाउनु भन्दा अगाडि वा सडकमा रहेसम्म आफ्नो गीत गाउने नेताका कारण अहिले राजनीति तरल बन्न पुगेको छ । काठमाण्डौं र शहर बजारमा बिभिन्न एजेण्डा र घटनाक्रममा नयाँ नयाँ नेता जन्मने थालेका छन् । स्थापित नेता निरिह बन्नुपर्ने अवस्था सिर्जना हुनेगरी जनलहर फरक धारमा बग्ने गरेको छ । पहाड खसेर नदी थुनिएमा बग्ने पानीलाई वैकल्पिक बाटो नभएमा, त्यसलाई भत्काएर भएपनि अर्को बाटो बनाउँछ । तब, यसले निम्त्याउने  परिणाम भयानक हुन्छ ।
            नेपाल सरकार अन्तराष्ट्रिय शक्तिकेन्द«को पपेड प्रमाण्ति भएको छ । अन्तराष्ट्रिय षडयन्त्रको र चलखेलको अखडा सावित भएको छ । यसले ल्याएको दुर्गामी असरको जिम्मा कसले लिने ? यो गम्भिर प्रश्नको जवाफ सरकारले दिनुपर्छ । अमेरिकाले मच्चाएको स्यालको हुइयाँमा परेर नेपालको अर्थतन्त्र र राष्ट्रिय पूजी धाराशायी भईसकेको छ । नेपाल कै श्रोत, साधन र जनशक्ति लगानी गरी खोलिएका दशहजार निजी विद्यालय, त्यसमा आश्रित ३ लाख  वौद्धिक श्रम गर्ने शिक्षकहरुको आर्थिक जीवर्न  वर्वाद गरिदिएको छ । दलाल पूजिपूतिवर्गालाई  प्रोत्साहित गर्ने र खासगरी मेडिकल एवं फार्मेसीका कर्पोरेट व्यवशायीलाई फाईदा हुनेगरी आमजनतालाई त्राहिमान बनाइर्, जनताको जीवन  तवाह तवाह बनाई धमिलो पानीमा माछा मार्ने षडयन्त्रको खेलमा यो सरकार नराम्रोसंग फेको छ । यसले सिर्जना गरेको अभूतपूर्व घाटा  र भविष्यमा पर्ने असरको जिम्मा कसले लिने ? लकडाउनका कारण सिर्जित जटिल अवस्थाका कारण कोरणाका कारण मरेका भन्दा  ५००% बढी आत्महत्या गरी मरेका छन् । दिनदिनै भोकले मर्न थालेका छन् । धेरैले रोजगारी गुमाएका छन् । धेरैको पूँजी पलायन भएको छ । जनताको सामाजिक, आर्थिक र साँस्कृतिक स्वास्थ्य भताभुङ्ग भएको छ । यसको जिम्मा कसले लिने ? सरकारसंग यी प्रश्न छोडेर यो आलेख अन्त गर्छु ।  

Comments