नवरत्नका सुरेन्द्र सरलाई चिठी ः सर अमेरिकी दलाल हो ?
बैशाख ९, २०८०, शनिबार | विहान ११:०९ बजे | 55
प्रिय सुरेन्द्र सर
प्रिन्सिपल, नवरत्न स्कूल
मध्यपुर थिमि, निगःपुखु
सुरेन्द्र सर चिनेको पनि विद्यालय अनुगमनसंगसंगै हुनुपर्छ । त्यो हिसावले दशौं बर्ष अगाडिदेखि नै चिनजान । तर पनि भर्खरै मात्र भएको जस्तो भयो र सोझो जेहेन्दार ठानेको सुरेन्द्र सर अमेरिकी दलाल हो कि भन्ने किन किन भान हुन थाल्यो । सुरेन्द्रसंगको छलफल र बैठकहरुमा उत्तर कोरिया(प्रजग कोरिया)लाई होच्याएर विदेशी पनि नभित्र्याउने र विदेश पनि नपठाउने देश भनेर तुलनाका साथ कुराहरु राख्नु हुन्थ्यो भने अमेरिका जस्तो देश हुनुपर्छ भनेर कुरा राख्नु हुन्थ्यो । उहाँको स्कूलमा चिनियाँ स्वय्म सेवक शिक्षकसमेत भएको स्कूल हो । अनि चीन जनवादी गणतन्त्रिक व्यवस्थाको कम्युनिष्ट शासन भएको देश हो भने चीन र उत्तर कोरियाको मित्रता पनि प्रगाढ छ । तर पनि किन उत्तर कोरिया प्रति द्धेष भाव, घृृणाले हेर्छ अच्चम !
कोलम्बसले अमेरिका पत्ता लगाउँदा भक्तपुरमा भार्वाचो गेट बनि सकेको थियो । त्यहाँ बेलायत लगायत विभिन्न देशका मानिसहरु गएर अहिलेको अमेरिका बनेको हो । पहिलो र दोश्रो विश्वयुद्धमा हिटलर र मुसोलिनिलाई हराउन सोभियत संघ(रुस)को महत्वपूर्ण भुमिका थियो । त्यो संगै दुई धु्रर्ब सोभियत संघ(रुस) र अमेरिकाको शीत युद्धमा धेरै बर्ष चल्यो भने सोभियत संघ विघटनसंगै रुस १५ टुक्रामा विभाजन भयो भने एक धु्रविय अमेरिकाले विश्वमा आफ्नो दादागिरी देखाउँदै छ । त्यहि कारण इराक, अफगानिस्तान, लिविया लगायत देशलाई ध्वस्त पार्यो भने प्यालेष्टाइनलाई अमेरिकी आडमा इजराइलले विश्वमान चित्रको नक्सा खुम्चाउँदै मानचित्रबाट विलयतिर लागि परेको जग जाहेर छ भने धेरै देशमा नाकाबन्दि गरिराखेको छ । विश्वमा सबभन्दा डाक्टर भएको देश विगत ५० बर्ष भन्दा अगाडि देखि नाकाबन्दि गरिरहेको छ तर पनि विश्वका देशहरुमा इबोला होस् वा कोरोना त्यसदेशले सेवा गरिरहेको छ । त्यसरी नै उत्तर कोरियामा नाकाबन्दीको बावजुद पनि अमेरिकालाई हाँक दिँदै आणविक बम, हतियार र मिसाइल क्षेप्यास्त्र बनाउन सफल भएको छ । जसरी अभिभावकहरुमा आफ्ना बालबालिकाको भविष्यको लागि शिक्षाको महत्व बुझि आधा पेट खाएर, आफ्नो छाक काटेर राम्रो विद्यालय वा बोर्डिङ्गमा पढाए जस्तै उत्तर कोरिया जनताले पनि आफ्नो देशको सर्वभौमिकता, स्वाधिनता, वाह्य हस्तक्षेपबाट बचाउन आधा पेट खाएर भएपनि देशलाई सम्पन्नता तर्फ दो¥हाएको देखिन्छ । त्यहाँको सोन्गुन नीतिले देश अगाडि बढाउँदै छ । सारा जनतालाई विभेद विना सबै सुविधा राज्यले नै व्यवस्थापन गरिरहेको छ भने त्यो देशका विदेश जानु पर्ने आवश्यकता नै छैन भने जसरी एनजिओ र आइएनजिओले सोभियत संघ रुस विघटन गर्न सामाजिक साम्राज्यवादमा पतन गराउन अमेरिका सफल भयो त्यसरी नै उत्तर कोरिया त्यसो नहोस् भने सजग भएर विदेशीहरु भित्र्याउन सोच विचारका साथ कदम चाल्छ । यस्तो देश प्रति सुरेन्द्र सरको मिथ्या भाव किन ? मलाई अच्चम लाग्छ ।
अमेरिका कम्युनिष्टहरुलाई नभित्र्याउने देश मात्रै होइन शाहरुख र सलमान खान अमेरिका जान्दा अपमान भोगेका कुराहरु फिल्म नै बनि सकेको छ । यसले के थाहा हुन्छ भने अमेरिका प्रजातन्त्र र स्वतन्त्रताको ठेक्कादार भएपनि आफ्नै देशमा छैन भने कुरा जर्ज फ्लोडलाई घाटी थिचेर मारेको हो वा काला र गोराको विभेद । कालालाई दासको व्यवहार गर्ने देश अमेरिका नै हो भने विद्यालयमा होस् वा शहर अन्धधुन्द गोली प्रहार भई अनाहकमा धेरै विद्यार्थीहरुले ज्यान गुमाने पर्ने । यस्तो घटनाको त बारम्बार समाचारहरु आई नै रहन्छ । मगन्तेहरु त छन् नै श्रमिकलाई बढी शोषण हुने र पैसा विना बाच्नै नसक्ने देश र शिक्षा र स्वास्थ्य सवभन्दा महंगो देश हो अमेरिका । अमेरिका आफु चाही आणविक हतियार उत्पादन गरी विश्वलाई त्रसित पार्ने र अरुले उत्पादन गरे नसहने देश अमेरिकालाई हाँक कसैले दिन सक्छ भने त्यो हो उत्तर कोरिया । अनि त्यो देश प्रति किन यति धेरै घृणा ? उत्तर कोरियाले गरेको प्रगति, जनतालाई गरेको सेवा, विकास संगै विभिन्न क्षेप्यास्त्र र आनविक हाइड्रोजन समेत निर्माण गरेको समाचारका मिति र तथ्याङ्क र अमेरिकामा घटेका नराम्रो घटना मिति, तथ्याङ्क सहित पेश गर्ने मन थियो तर चिठी लामो हुन लागेकोले यति कै कुरा राख्दै थप सानो कुरा जोड्दै विदा हुन्छु ।
सुरेन्द्र सर उत्तर कोरियाको विरोध गर्नु भनेको तपाईं विद्यालयमा विद्यार्थी घटाउने कुचाल त भई रहेको छैन् । कम्युनिष्टहरु प्रति जनतामा क्रेज बढी रहेको अवस्थामा तपाईंले कम्युनिष्ट देश प्रति नकारात्मक सोच राख्नुको कारण के ? हो अहिले नेपाली जनतामा कम्युनिष्ट प्रति क्रेज बढी रहेको बेला नक्कली कम्युनिष्टहरु, संशोधनवादीहरु, अवसरवादीहरुले गर्दा भ्रम सृजना भएको छ । त्यसरी नै सुरेन्द्र सरलाई कसैले विषवमन त गरेन भने शंका लागेको छ । जे हो सत्य कहिल्यै डग्दैन असत्य कहिल्यै टिक्दैन । त्यसैले मिथ्या र भ्रम सृजना गर्ने तर्फ तपाई पनि नलाग्नुस् र कुनै देशको विस्तृत अध्ययन विना नरात्मक तरिकाले उदाहरण पेश नगर्न पनि सुझाव दिन चाहन्छु ।
उही तपाईको साथी
अभिभावक संघका प्रतिनिधि