चुनाव चर्चा ः उहिलेको चितबन ः अहिलेको चितवन
बैशाख ४, २०८०, सोमबार | विहान ११:४१ बजे | 15
विजय विस्फोट
रास्ट्रिय पञ्चायतभित्र जब चितबनको गैडा उपनामले चर्चित भीमबहादुर श्रेष्ठले जनताको कुरा बोल्थे, नारायणहिटी र सिंहदरबार हल्लिन थाल्थ्यो । तोरी खेतीका निम्ति प्रसिद्ध चितवनमा बामपन्थीहरुको बर्चस्व थियो । शिक्षक, प्रोफेसर मात्र होइन दूध बेच्ने किसानहरु बुद्धचोकमा हरेक बिहानी रास्ट्रिय राजनीतिमाथि खुला बहस चलाउथे । उत्पादनको हरेक क्षेत्रमा महिलाहरुको नेतृत्व थियो । फोनिक्स , हर्कुलियस, एटलस कम्पनीका साइकलमा कृषी उत्पादनको ढुबानीदेखि स्कुल–कलेज जाने माध्यम साइकलनै थियो । अझ नेपालमा सबभन्दा बढी साइकल चलाउने महिलाहरुको जिल्ला अहिले पनि चितवन नै हुनुपर्छ ।
भीमबहादुरको मध्यावधी चुनाबमा काङ्रेस छिरेपछि बामपन्थीहरुको बर्चस्ब कम्जोर हुन पुगी कङ्रेस्सको प्रभाब किसानबाट व्यापारी बनेका चितबनबासीमा पर्यो ।
यसै चितवनबाट काङ्रेस्सका बिदुर पौडेल सासद बने । तर ज्यादै इमान्दार भएकै कारण गिरिजाप्रसाद र एमालेलगायतका दल निकट उनका प्रिय ब्यापारीहरुको आखामा बिझे । कारण थियो, बिदुरले सासद सुबिधामा महङो गाडी किन्ने गिरिजाको सासद प्रस्ताब बिरुद्ध एकलो बृहस्पति बने । काङ्रेसले बिदुरलाई अर्को पटक चुबावमा टिकट नै दिएन । त्य्सपछि बिदुर ओझेलमा परे । बिदुर जस्तै बि.पि को सिद्धान्तलाई मान्ने दिनबन्धु अर्याल चितवनबाट मन्त्री बने । तर उनी पनि इमान्दारीकै कारण धेरै टिक्न सकेनन । दिनबन्धु एक मात्र यस्ता नेता हुन्, जसले आफ्नो ब्य्क्तिगत खर्च विभिन्न पत्र –पत्रिकामा लेख लेखेर आफ्नो गुजारा पछीसम्म चलाए । अहिले बिदुर र दिनबन्धु कता के गर्दै छ ? जिवित छन वा छैनन् स्वयम् काङ्रेसलाई थाहा छैन ।
अहिलेको चितवन
राजमार्ग भयन्कर ठूलो भएको छ । तोरीका खेतहरुमा भब्य घर, बैंक, भोजनालय, मोल, बर्गर हाउस आदि फलेका छन । साइकल फ्याट–फुटट, त्यो पनि रहरबालाले चलाएको देखिन्छ । महिलाहरुको नेतृत्व कमजोर बनेको छ । राष्ट्रिय राजनीतिको दैनिक चिन्ता गर्ने बुद्धचोक, हाकिम चोक, सहिद चोकहरु सुनसान छन । देखिन्छ त केवल अमुक ब्यक्तिलाई भगवान मान्दै घण्टी हल्लाइ रहेका चेतनाबिहिन झुन्डहरु ..
(लेखक वरिष्ठ पत्रकार हुन् ।)