चीनका प्रसिद्ध युद्ध र विद्रोहहरु किताबमा ४ माईको आन्दोलन अध्ययन गर्दा
भदौ २३, २०७७, मङ्गलबार | विहान ०८:५८ बजे | 10
तुल्सी केशरी प्रजापति
वर्कस पब्लिकेसन्स् नेपालद्वारा प्रकाशित चीनका प्रसिद्ध युद्ध र विद्रोहहरु पढ्दा १८३० अफिम युद्धदेखि १९२७ शरद्को बाली काट्ने विद्रोहसम्मको एक शताब्दिको चीनको इतिहासको संक्षिप्त रुपमा प्रस्तुत गरेको देखिन्छ । यसको सार शिक्षा भनेको उक्त युद्ध र विद्रोहहरुको सफलताले विश्वको समृद्ध समाजवादी देश बन्न सफल भएको छ चीन । तर नेपालमा पनि विभिन्न देशका युद्ध र विद्रोहहरु अध्ययन नगरी गरेको कथित जन युद्धले देशको अर्थ तन्त्र डामाडोल भई कम्युनिष्ट आन्दोलन ५० बर्ष पछाडि ढकेलिएको छ । क्रान्तिकारी परिस्थिति तयार नभई गरेको विद्रोहहरु बलिदानमा पुग्ने नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष का.नारायणमान विजुक्छें (रोहित)ले बोल्नु भएको स्मरण भएको छ । संघर्षहरु विजयमा टुंग्याउन संसारमा भएका विद्रोहका इतिहासहरुको राम्रो अध्ययन गर्नु पर्ने अध्यक्ष का. माओत्सेतुङ्गको उक्ति ‘यदि कुनै राजनैतिक पार्टीलाई क्रान्तिकारी सिद्धान्त र इतिहासको ज्ञान छैन र त्यसलाई व्यवहारिक आन्दोलनबारे गहिरो बोध छैन भने त्यस पार्टीले कुनै पनि महान् राजनैतिक आन्दोलनलाई विजयको बाटोमा लैजान असम्भव छ’ भने कुराले थाहा पाउन सकिने यो पुस्तकले ज्ञान दिएको छ । त्यसैले यो पुस्तक राजनीतिक कार्यकर्ताको लागि अपरिहार्य सिद्ध भएको र पढ्नै पर्ने रहेकोछ ।
४ माइको आन्दोलन
४ माइको आन्दोलनको शिर्षकमा मुख्य गरी ६ वटा शिर्षक रहेको छ । ४ माई १९१९ को आन्दोलन, कम्युनिष्ट पार्टीको स्थापना, कम्युनिष्ट र कोमिताड्डको संयुक्त मोर्चा, क्रान्तिमाथि विश्वासघाट, कम्यनिष्ट पार्टीको स्वतन्त्र संघर्ष र कम्युनिष्ट सरकारको स्थापना गर्ने निर्णय रहेको छ । यसमा १९१९ देखि १९२७ सम्मको अवधिको भए गरेका विविभन्न आन्दोलनको सार संक्षिप्त रुपमा इतिहास कोरेको देखिन्छ । ४ माईको आन्दोलन मुख्य गरी साम्राज्यवाद विरोधि संघर्षको रुपमा लिन सकिन्छ ।
सन् १९१९ को सुरुमा बेलायत, फ्रान्स, संरा अमेरिका, जापान, इटाली र अरु साम्रज्यावादी देशहरुका प्रतिनिधिहरु पेरिसमा भेला भै पहिलो विश्वयुद्धमा हात पारेका देशहरुको भागबण्डा गरे । चीनको शानतुड्ड पहिले जर्मनीको मातहतमा थियो । तर त्यस भागबण्डामा शानतुड्ड प्रान्त जापानलाई दिने निर्णय ग¥यो । साम्राज्यवादीहरुको त्यस भागबण्डाले चिनियाँ जनतामा साम्राज्यवादीविरोधी भावना झन् चक्र्यो ।
एक रात पेकिङ्गका छात्राहरुमाथि अमेरिकी सिपार्हीहरुले छाडा व्यवहार गरे । त्यस घटनाले युवा विद्यार्थीहरुमा भइरहेको साम्राज्यवादीविरोधि भावनामा आगोमा घिउ थपेसरह भयो । ४ माई १९१९ पेकिङमा विद्यार्थीहरुले साम्राज्यवादको विरोधमा एक ठूलो जुलुस निकाले । जापानी दलालहरु निस्किजा र देश बेचुवा मन्त्री मुर्दावाद जस्ता नाराहरु विद्यार्थीहरुले लगाएका थिए । ३० भन्दा बढी विद्यार्थी पक्राउ परे । विद्यार्थी पक्राउले संघर्ष सेलाउनुको सट्टा झ्न चर्कियो । पेकिड्ड विश्वविद्यालयमा हड्ताल भयो । पक्राउ परेका विद्यार्थीहरु रिहा गर । भन्ने नारा लगाउँदै जापानसंगको सन्धिमा सही गर्ने चिनियाँ राजदुतको घरमा जुलुस पुग्यो । प्रदर्शनकारीहरुले राजदुतलाई लात र जुत्ताले सजाय दिए । घरमा बसका तीन जापानीहरु भागे तथा ३२ जना विद्यार्थी पक्राउ परे । आन्दोलन देश भरि फैलियो । चीनमा साम्राज्यवादविरोधि भावना अझ अगाडि बढ्यो ।
माइ ४ को आन्दोलनलाई समर्थन गर्दै माओले चाङशामा बसेर उठ दाजुभाईहरु भन्ने पर्चा छरे । यो आन्दोलनलाई प्रजातन्त्र र नयाँ सांस्कृतिक आन्दोलनमा फेरिदिए । माओका श्रीमति याड्डा काई हुइपनि यो आन्दोलनमा सक्रिय थिइन् ।
२८ जुन १९१९ को दिन पेरिसमा चीनलाई अरु देशहरु मिलेर बाँडचुड गर्ने एउटा सन्धि हुन गईरहेको सारा चीनमा साम्राज्यवाद मूर्दावाद । सन्धिमा सही गर्दैनौं । भने नारा लाग्न थाल्यो । जनताको आन्दोलन उग्र भएकोले सरकारले सही नगर्ने धोषणा ग¥यो ।
कम्युनिष्ट पार्टीको स्थापना
त्यसैवेला ली ता चाओले जनताको विजय, बोल्शेविक विचारको विजय र माक्र्सवादमा मेरो विचार किताव र रुसी अक्टोबर क्रान्तिको प्रभावका साथै सर्वहारा वर्गको निर्माण र नयाँ सांस्कृतिक आन्दोलनले बुद्धिजीवी समुदाय, विभिन्न देशमा अध्ययन गरिरहेका चिनिया“ युवा विद्यार्थीहरुमा माक्र्सवाद लेनिनवाद र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको प्रभाव बढ्दै गइरहेको थियो । सो अनुसार साम्राज्यवाद र सामन्तवादविरोधी संगठनको विकास हुंदै थिाये ।
२१ जुलाई १९२१ संघाईमा संघर्षशील मजदुर किसान र प्रगतिशील बुद्धिजीवीहरुका प्रतिनिधिहरुको एक गुप्त बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको विधिवत स्थापना भयो । त्यसमा हुनानबाट माओ प्रतिनिधिको रुपमा आएको थियो ।
कम्युनिष्ट र कोमिनताड्डको संयुक्त मोर्चा
यो पुस्तक अध्ययण गर्दा भूगोलको ज्ञानको अभावले विभिन्न प्रान्त र स्थानको नाम र त्यस्तै चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको नामले अलमल परेको दखियो ।
यो किताब प्रकाशित भई पढ्ने अवसर दिनु भएकोले वर्कर्स पब्लिकेसन्स् नेपाललाई साधुबाद । धन्यबाद ।