श्रमिक साप्ताहिक बर्ष २७ अंक ५, ६ फागुण २०७६ अन्तरक्रिया
भदौ २३, २०७७, मङ्गलबार | विहान ०८:५१ बजे | 5
रामकृष्ण प्रजापति
नेमकिपा–९ दत्तात्रय समितिको आयोजनामा श्रमिक साप्ताहिक बर्ष २७ अंक ५, ६ फागुण २०७६ को अन्तरक्रियाका प्रमुख अतिथिज्यू, अन्य अतिथि गण तथा उपस्थित सम्पूर्ण सहभागी सेल सदस्य साथीहरुमा न्यानो अभिभावदन तक्र्याउन चाहन्छु ।
श्रमिक साप्ताहिक आस्थाको पत्रिका रहेकोले यसले समाजवादी आन्दोल अगाडि बढाई सम्यवादसम्म पुग्ने विचार, सिद्धान्त र कम्युनिष्ट आचरणको पक्षका लेखहरु र विस्तारवादी र साम्राज्यवादी विरुद्ध निरन्तर कलम चलाई रहेको पत्रिका हो । यो पत्रिकाले नेपाल मजदुर किसान पार्टीको उद्देश्य वर्ग संघर्षदेखि हरेक सिद्धान्त, विचार र गतिविधिहरु जनता समक्ष पु¥याउने शसक्त माध्यमको रुपमा लिने गरेको छ ।
यस अंकमा व्यानर न्युजको रुपमा भक्तपुर नगरपालिकाको छैटौं नगरसभाको उद्घाटन समारोहको समाचार रहेको छ । जसको शिर्षक संरा अमेरिकाप्रति आलोचनात्मक दृष्टिकोण राख्नु उचित हुने रहेको छ । प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष का.नारायणमान विजुक्छें(रोहित)ले निम्न कुरा राख्नु भएको थियो ।
१) जनताको समस्या जनता माझ पुगेर काम गरे जनप्रतिनिधिहरुको कर्तव्य पुरा हुने ।
२) युवाहरुलाई विदेश पठाउने सरकारी नीतिले गर्दा देशको अर्थतन्त्र र समाज भतभुड्ड भएकोे ।
३) नेमकिपा राष्ट्रिय राजनीति केन्द्रित भएर अगाडि बढीरहेको ।
४) नेमकिपाले स्वास्थ्य संस्थामा कहिल्यै हस्तक्षेप नगरेको ।
५) चीनको उहानमा अध्ययन गरिरहेका नागरिकहरुलाई जहाँ पायो त्यहाँ राख्नभन्दा विश्व स्वास्थ्य संगठनको सिफारिसमा क्वारेन्टाइनको स्थलको मापदण्ड निर्धारण गर्नुपर्ने ।
६) अमेरिकाले कोरिया युद्धमा किटाणु युद्ध गरेको, भियतनाम र इराकको युद्धमा रासायनिक युद्ध या हतियार प्रयोग गरेकोले संरा अमेरिकाप्रति आलोचनात्मक दृष्टिकोण राख्नु उचित हुने उल्लेख गर्नु भएको ।
७) वेलायती उपनिवेशवादले अमेरिकी आदिवासीहरुको जग्गा र गाउँ कब्जा गर्न विफरका कीटाणु भएको लुगा प्रयोग गरेकै थियो यसले अमेरिका प्रति शंका गर्नु अन्यथा नभएको ।
८) एमसीसी संसदले अनुमोदन गरे नेपाल अमेरिकाको सैन्य केन्द्र बन्ने सम्भावना भएको र एमसीसीमा सहि गर्ने परराष्ट्रमन्त्रीलाई राजिनामा गराएर भएपनि निकास खोज्नु पर्ने र त्यसमा लालमोहर लागे पछि हट्ने कुनै उपाय हुने छैन ।
९)चिनियाँ सरकार र चिनियाँ जनताले कोरोना भईरसविरुद्ध साहसीपूर्वक लडिरहेको र यसमा अमेरिकी साम्राज्यवादको षड्यन्त्र दृश्य अदृश्य रुपमा रहने गरेको ।
उक्त उद्घाटन समारोहका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले छ महिने प्रगति समिक्षा गर्दै भन्नुभयो ।
१) मौलिक पहिचानलाई कहींकतैबाट हस्तक्षेप वा अतिक्रमण नहोस् भन्ने बारे जनप्रतिनिधिहरु सचेत रहेको ।
२) नगरसभामा आ.व.२०७६÷०७७को लागि विनियोजित रकमको समीक्षा तथा नगरपालिकाको लागि आवश्यक ऐन, नियम, विनियम र कार्यविधिहरु नगरसभाले पारित गर्ने, पारित विधेयकहरु राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा आउने कानुनी व्यवस्था भएको ।
३) कोरोना भइरसले पर्यटकको संख्यामा कमि
४) नपाले शिशुस्याहारदेखि कलेजसम्म आफ्नै स्रोत साधनले शैक्षिक संस्थाहरु संचालन गर्ने
नेपाल कै पहिलो नगरपालिका ।
उक्त उद्घाटन समारोहमा उपप्रमुख रजनी जोशीले निर्वाचनताका प्रतिवद्धता जनाए अनुसारको घोषणा पत्र अनुसार काम गरिरहेको, भक्तपुर महोत्सवबारे बताउनु भयो ।
त्यस्तै विशेष अदालतका पूर्वमुख्य न्यायाधीश गौरि बहादुर कार्कीले उत्कृष्ट र भ्रष्ट्राचार मुक्त नगरका साथै पर्यटकको बसाई लम्बाउन पर्यटन व्यवसायसम्बन्धी अध्ययन आवश्यक बताउनु भयो ।
त्यस्तै ख्वप ई कलेजका प्रार्चाय सुजन माकले एक घर एक स्नातक, ख्वप मा.बि.का प्रचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप विश्वविद्यालय स्थापना गरेर देशको लागि आवश्यक जनशक्ति तयार गर्ने, त्यस्तै भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डारेक्टर ऋषिकेशनारायण श्रेष्ठले अस्पतालको समय सापेक्ष प्रगति नभएकोमा चिन्ता व्यक्त गर्दै असहज स्थितिमा सहयोगी भुमिका खेल्ने नगरपालिका र नगरबासीहरुमा कृतज्ञता ज्ञापन, त्यस्तै वडाध्यक्ष उकेश कवाँ, रबिन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत इन्द्र प्रसाद बस्यालले पनि बोल्नु भएको थियो ।
उक्त साप्तकाहिकामा फ्रन्ट न्युजको रुपमा आरम्भ नेपालको पुस्तक प्रर्दशनीको समाचार पुस्तक अध्ययनको संस्कृतिको प्रवद्र्धन गर्नुपर्ने ः अध्यक्ष विजुक्छें शिर्षकको समाचार, काठमाण्डौं जिल्ला सम्मेलनको तयारी शिर्षकको अर्को समाचार, खोकना बुङमति बचाऔं, सांस्कृतिक सम्पदा जोगाऔं भन्ने नाराका साथ खोकना र बुङमतिवासीले जावलाखेलदेखि माईतिघरसम्म जुलुस प्रदर्शनको समाचार ओलि–दाहाल सरकारविरुद्ध राजधानीमा जनप्रदर्शन फास्ट ट्रयाक योजना खारेज गर्नुपर्नेमा जोड शिर्षको समाचार र सुर्खेमा नेपाल मजदुर किसान पार्टीको आठौं जिल्ला सम्मेलनको तयारी बारेको समाचार सुर्खेतमा सम्मेलनको तयारी शिर्षकको समाचार रहेको छ ।
धन्यवाद ।