नेवार भएर नेवारी भाषा बोल्न नआउदाको हेपाई


चैत २८, २०७९, मङ्गलबार | विहान ०५:५४ बजे | 0


नेवार भएर नेवारी भाषा बोल्न    नआउदाको हेपाई

नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो। जहाँ अनेकौं जातका मानिसहरूको बसोबास रहेको छ। हाम्रो समाजमा विशेषगरी बोलिने भाषा भनेको नेपाल भाषा, मैथिली, तामाङ्ग भाषा, भोजपुरी भाषा इत्यादि भाषा बोल्ने गर्दछ। उपत्यका क्षेत्रमा बोलिने भाषा भनेको नेपाल भाषा हो। नेपाल भाषा नेवारहरुको मातृभाा हो। नेवार भएर जन्मे पछि नेपाल भाषा यानिको आफ्नो मातृभाषा बोल्न नआउदैमा नेवार भन्न मिल्दैन र? नेपाल भाषा नआउँदैमा उपत्यका निकाला गर्नुपर्छ भन्नुपर्छ र? म नेवार समुदायमा पर्छु, म नेवार हो तर मलाई नेवार भाषा बोल्न आउँदैन किनकि म त्यो परिवारबाट नै पर्दिन। जहाँ नेवार भाषा कसैलाई पनि बोल्न आउँदैन र बोल्नु नि हुन्न। वि सं २०७२ तिर एसईई दिएर गाउँबाट सहर यानीको उपत्यका भक्तपुर छिरें। जहाँ मैले उपयोगी र गुणस्तर शिक्षा हासिल गर्न सकूँ र पछि केही गर्छु भन्ने आशा बोकेर म उपत्यका छिरेकी हूँ। कलेज भर्नाको लागि म ख्वप कलेज गए र मैले आवश्यक सम्पूर्ण कागजातहरु दिए। मेरो जन्मदर्ता र घरमा बोलाउने नाम फरक छ। घरमा बोलाउने नाम मनिषा हो भने स्कूल तिर राखिने नाम पम्फा कुमारी नेवार हो। मेरो थर नै नेवार भएको कारणले गर्दा मलाई मेरो सर र साथीहरुले नेवारी बोल्न आउँछ भनेर सोध्ने गर्दथ्यो। तर मलाई नआउने भएकोले मैले आउँदैन भनेर उत्तर दिने गर्थे। मेरो थरमा नै नेवार भएको कारणले गर्दा सरहरुले पनि का को नेवार हो, नेवार भाषा आउँछ भनेर प्रश्न गर्नु हुन्थ्यो। तर मेरो उत्तर पहिलेको जस्तो नै दिने गर्थि। एउटा सरले अब कलेजमा पनि नेवारीको कक्षा लिनु पर्ला भनेर हाँसी हाँसी भन्नुभएको थियो। मेरो थर नै नेवार भएको कारणले गर्दा मलाई नेवारी भाषा सिक्ने लत बस्यो। मैले नेवार भाषा जान्नकाे लागि नेवार भाषाको एप्स डाउनलोड गरेर केही समय त सिके। केही समयपछि मेरो मोबाइल बिग्रियो र मैले त्यसलाई निरन्तरता दिन सकिन। नेवार भाषा सिक्ने र जान्ने उत्सुकता हुँदाहुँदै पनि मैले सिक्न सकिन। यसमा मेरो के दोष। भक्तपुरको र मेरो गाउँ ठोरी, वीरगञ्जको सबै रीतिरिवाज नै फरक रहेको छ। उतातिर नेवार भाषा नै बोल्दैन र यता तिरको जस्तो चलन नै छैन। मलाई कतिले बेलविबह गरेको छ भनेर सोध्दा मैले अँ गरेको छु भनेर झुटो बोल्ने गर्थि किनकि गरेको छैन भन्दा मान्छेहरुले नराम्रो सोच्छ जस्तो लागेर झुटो बोल्ने गर्थि । मान्छेहरुले मलाई हेरेर कुरा गर्दा मेरै कुरा गर्या होकी जस्तो लाग्थ्यो। म एउटा मिनिमारकेटमा कार्यरत छु। त्यहाँ आउने ग्राहकहरुले नेवारी भाषा बाट नै उहारुलाई चाहिने सामान सोध्नु हुन्थ्यो तर म बुझ्दिन थी र मैले नेपाली भाषाबाट सोध्थे। एकदिनको कुरा हो त्यहाँको एउटा बहिनीले तपाई नेवार हो? भनेर सोध्यो र मैले अँ हो भने। अनि फेरि नेवारी भाषा आउँछ? रे अनि मैले आउँदैन भने। त्यसपछि उसले कस्तो खालको नेवार हो भन्नेर भनिन् अनि के प्रमाण छ रे। अनि मैले भने प्रमाण चाहिने हो भने मेरो नागरिकत छ भनेर भने। उनले फेरी भन्यो की नेवार भाषा नआउने कस्तो खालको नेवार हो भनेर भन्दैथी मैले वास्तै गरिन् किनकि मलाई नमज्जा लागिराको थ्यो
Enter

Manisha

त्यही आउनु भएको एउटा अंकलले नेवार भाषा नआउनेलाई उपत्यकाबाट निकाल्नु पर्छ रे
Enter
Manisha
के नेवार भाषा बोल्न नआउँदैन म नेवार हूँ भन्ने परिचय हराउँछ र। के नेवार भन्ने बितिकै नेवार भाषा बोल्ने पर्छ भन्ने कुन शास्त्रमा र कुन कानुनले बनाको छ रे
Enter
Manisha

Comments