चिनियाँ सपना


भदौ २१, २०७७, आइतबार | विहान १०:५३ बजे | 10


अन्तरक्रिया
  रामकृष्ण प्रजापति
वर्कस पब्लिकेसन्स् नेपालद्वारा प्रकाशित चिनियाँ सपना किताबको अन्तरक्रिया कार्यक्रमका सभापति महोदय, प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष्ँ का.नारायणमान विजुक्छे(रोहित)ज्यू, मञ्चमा आशिन अतिथिहरु, उपस्थित सम्पूर्ण युवा साथीहरु तथा सहभागीहरुमा न्यानो अभिभावदन तक्र्याउन चाहन्छु ।
चिनियाँ सपना किताबमा संयुक्त राष्ट्र संघ औद्योगिक विकास संस्थानका पूर्व महानिर्देशक कार्लोस मगारिनोसको लेख अध्ययन गर्दा विश्वमा खट्केको कुशल राजनीतिक नेतृत्व, विश्वका जनताको सामाजिक–आर्थिक प्रगति, सम्मान जनक र अवसरहरुसहितको आधारभूत आवश्यकता परिपूर्ति हुने जीवन, विधिको शासन, पार्टी अनुशासन, नया“ युगको निम्ति अन्तर्राष्ट्रिय समुदायहरुलाई नया“ संस्थाहरु, आधुनिक तथा प्रगतिशील विश्व समाज र सकारात्मक एवम् निर्णायक नेतृत्व राष्ट्रपति सिजिङपिङको विषयमा बर्णन गरेको छ ।
चिनिया“ सपना अध्ययन गर्दा चिनियाँ सपना चीनको जनगणतन्त्र र चिनियाँ कम्युनिष्ट पार्टीको आफ्नै र राष्ट्रिय आर्दशको एउटा व्याख्या चिनियाँ समाजवादी विचार भित्र सन् २०१३ पछि चीनमा प्रसिद्ध भएको शब्द हो । चिनियाँ सपना चिनियाँ समाजमा जनतालाई भूमिका साथै चिनिया“ राष्ट्रको लक्ष्य वर्णन गर्न प्रयोग गरेको छ । चिनियाँ सपना चिनिया“ कम्युनिष्ट पार्टीका माहासचिव सिजिपिले राजनीतिक विचार धाराको रुपमा समावेश गरेको छ । यो सपना पुरा गर्न परिश्रमी भई राष्ट्रको पुनस्थापना गर्न युवाहरुले हिम्मत गर्नु पर्ने र चिनिया“ सपना चिनिया“ समृद्धि, सामुहिक प्रयास, समाजवाद र राष्ट्रिय महिमा हो भनेको छ ।
चिनिया“ सपना चीनले गुमाएको राष्ट्रिय सम्मान फिर्ताको लागि सामुहिक आशा जगाउने विचार चिनिया“ साहित्य र बौद्धिक जगतमा समेत मुख्य भएको पाउ“छ भने सन् १९३१ मा चिनिया“ सपना देश भक्ति साहित्य र नाटक आएको देखिन्छ । यो सुरुमा चीनको तिब्र शहरीकरणको कम्पन र समाजवादी–बजार अर्थतन्त्रको संक्रमणको अनुसन्धानको रुपमा आएको थियो ।
संयुक्त राष्ट्र संघ औद्योगिक विकास संस्थाका पूर्व महानिर्देशक कार्लोस मगारिनोसको लेखमा चिनिया“ सपनाले अन्तर्राष्ट्रिय समुदायमा एउटा कुशल राजनीतिक नेतृत्वको अभावको पीडाबाट ग्रस्त रह“दै आएको परिपेक्ष्यमा राष्ट्रपति सिजिड्डपिड्डको राष्ट्रिय र अन्तर्राष्ट्रिय अग्रसरता उत्साहप्रद छ र व्यापक रुपमा स्वागत पनि गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं केन्द्रीय समितिको तेस्रो विस्तारित बैठकद्धारा पारित चिनिया“ जनताको प्रयास र प्रतिवद्धतालाई प्रस्ट र अर्थपूर्ण उद्देश्य दिने चीनको सुधारसम्बन्धि उनको चार बृहत नीतिलाई नै चिनिया“ सपना भनी परिभाषित गरिएको ।
अन्तर्राष्ट्रिय लगानी बैंकर रबर्ट लरेन्स कुन्हका अनुसार चार आयामहरु १) बलियो चीन (आर्थिक राजनीतिक रुपमा कुटनीतिक, बैज्ञानिक र सैनिक रुपमा बलियो), २) सभ्य चीन (समानता र निष्पक्षता, धनी संस्कृति, उच्च नैतिकता ३) सुरिलो चीन (सामाजिक बर्गहरु बीच सौहार्द) र ४) सुन्दर चीन (स्वास्थ वातावरण, कम प्रदुषण) हो । सन् २०२० सम्म प्रतिव्यक्ति आय १०,००० अमेरिकन डलर र ७० प्रतिशत जनसंख्या शहरीकरण र २०३० मा आधुनिकीकरण वा विज्ञान र प्रविधिले संसारलाई नेतृत्व गर्ने साथसाथै आर्थिक र व्यापार, चिनिया“ सम्मान, संस्कृति र सैन्य क्षेत्रको पुनःरुत्थान र सक्रिय बनाउने लक्ष्य रहेको छ ।
चिनियाँ सपना के हो त ? चिनिया“ राष्ट्रपति सिजिङपिङका अनुसार चिनियाँ सपना बुझ्ने पहिलो शर्त भनेको चिनियाँ विशेषता भएको समाजवादमा अडिग रहनु हो । सिको कार्यकालमा राष्ट्रवाद र देशभक्ति नै चिनियाँ कुटनीतिको प्रेरणाको प्रमुख कारण हुनेछ । चिनियाँ सपनाको उद्देश्य चीन र सम्पूर्ण संसारबीच सौहार्द र परस्पर लाभ होस् भन्ने हो । सम्पूर्ण विश्वकै प्रगति, शान्ति र स्थायित्व  भएको संसार पनि हो । यो चिनियाँ जनताको भलोको लागिमात्र नभएर संसारका सम्पूर्ण जनताको लागि हो । यो दुई वटा शताब्दी लक्ष्य हासिल गर्न छिमेकी मुलुकसंग सुमधुर सम्बन्धलाई बलियो बनाउनु आवश्यक छ ।
२०२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको १०० बर्ष पुरा हुने अवसरमा हरेक पक्षबाट मध्यमस्तरको समृद्ध समाजको स्थापना गर्ने र सन् २०४९ मा जनगणतन्त्र चीन स्थापना भएको १०० बर्ष पुरा हुने अवसरसम्ममा समृद्ध, सशक्त, प्रजातान्त्रिक, सांस्कृतिक रुपमै सबल राष्ट्र बनाउने छ । यो राष्ट्रिय कायाकल्प हुने कारण बन्नु आवश्यक पनि छ ।
संयुक्त राष्ट्र संघ औद्योगिक विकास संस्थाका पूर्व महानिर्देशक कार्लोस मगारिनोसको लेखमा चिनिया“ सपनाको अवधारणा ब्यापक ढड्डमा मध्यमस्तरको समृद्ध समाज निमार्ण प्रथामिकतामा राखेको छ । यसले समाजिक–आर्थिक प्रगतिलाई थप बलियो बनाउने, आविष्कारिकता, ब्यवसाय तथा व्यापारलाई प्रश्रय दिई सबैको निम्ति रोजगार र अवसर निरन्तर सृजना गर्नेबारे बलियो ढड्डमा वकालत गरेको छ ।
विश्वव्यापी रचना युगान्तकारी परिवर्तन भइरहेको यो समयमा सकेसम्म सबै नभए प्राय सबै चिनिया“ जनताले कमसेकम सम्मानजनक र अवसरहरु सहितको आधारभूत आवश्यकता परिपूर्ति हुने जीवन प्राप्त नगरेसम्म सुधारलाई निरन्तरता दिइनुपर्छ ।
सामाजिक सुधारको लागि चिनिया सरकारको व्यवस्थापनलाई पुनःनिर्माण र आधुनिक बनाई व्यापक ढंगमा विधिको शासनलाई लागू गर्ने त्यसको लागि पार्टीको अनुशासनलाई व्यापक रुपमा बलियो बनाउने उपाय अनिवार्य आवश्यकता बनेको छ । व्यापक सुधार विना चिनियाँ सपना साकार बनाउन सम्भब छैन ।
चीनको अगुवाईमा एसियाका सम्पूर्ण देशहरुको हितको निम्ति एसियाली पूर्वाधार लगानी बैड्ढ सुरु भए जस्तै ४० अरब डलरको रेशम मार्ग कोष सहित रेशम मार्ग आर्थिक क्षेत्र र एकाइसौं शताब्दी समुद्री रेशम मार्ग कोषको अगुवाई जस्ता महत्वपूर्ण योजनाले मध्य एसियाका देश र दक्षिणपूर्वी एशियाली देशहरुको सड्डगठन र त्यसका सदस्य देशहरुसंग अझ प्रगाद सम्बन्ध र सहयोगको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
इतिहासमा रेशम मार्ग सयौं बर्षसम्म पूर्वजहरुले अत्यन्त उच्च आकाङ्क्षा, चिन्तन र कष्ट सहेर कोरेको त्यो रेशम मार्ग आज पनि मानव सभ्याता र मस्तिष्ककै वरदानको रुपमा देखा पर्दैछ । त्यसैलाई वर्तमान चीन सरकारले चिनिया“ सपना र संसारकै समृद्धिको राजमार्ग , द्रुतत्तर मार्ग र जलमार्ग बनाउने दूरदर्शी र दीर्धकालीन योजना बनाएको छ र त्यो योजना स्वयम् एक चमत्कारपूर्ण चिन्तन हो ।
उदीयमान अर्थतन्त्रहरुको समूहको रुपमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितको ब्रिक्स स्थापना भइसकेको छ । यसले ५० अर्ब अमेरिकी डलरको नयाँ विकास बैंड्ढ सुरु गरेको छ भने आर्थिक सड्ढटमा सहयोग पु¥याउन १०० अर्व अमेरिकी डलरको कोष स्थापना गर्न सड्ढटकालीन सञ्चय सम्झौतामा हस्ताक्षर गरेको छ ।
नया“ युगको निम्ति अन्तर्राष्ट्रिय समुदायहरुलाई नया“ संस्थाहरु आवश्यक छ । पुरानोले भविष्यको समस्या समाधान गर्न सक्नेछैनन् ।
बहुपक्षीय विश्वलाई नवीकरण गर्न विश्व आर्थिक शक्ति र राजनीतिक वास्तविकतमा नयाँ संन्तुलन कायम गर्न आवश्यक संस्थाहरु निर्माण गर्न निर्णायकरुपमा चीनले योगदान पु¥याइरहेको छ । चीनले आधुनिक तथा प्रगतिशील विश्व समाज मा एउटा मध्यमस्तरको उन्नत समाज बनाउन चाहेको देखिन्छ । सिको सकारात्मक एवम् निर्णायक क्षमताबाट नेतृत्व दिइरहेका छन् जुन हामीले बा“चेको समयमा विरलै पाइने अमूल्य उपहार हो ।
चिनिया“ सपना मानव जातिकै सपना सावित हुनेछ । त्यसैले यो पुस्तक राजनीतिक कार्यकर्ताको लागि अपरिहार्य सिद्ध भएको र पढ्नै पर्ने रहेकोछ ।
होऊ ¥युलीको लेखमा चीनले आप्mना राजनीत र सांस्कृतिक परम्परामा सबै खाले एकतन्त्रीय अभ्यासबाट टाढा राख्नुपर्ने, संविधानमा आधारित आधुनिक सुशासन प्रणालीको जग राख्नुपर्ने, चीनले आफ्नो निर्णय प्रक्रिया र राजनीतिक बन्दोबस्तमा ठूलो परिवर्तन ल्याउनुपर्ने, प्रजातन्त्रिक सुधार र चिनिया“ कुटनीति र अन्तराष्ट्रिय सम्बन्धमा प्रजातन्त्र सामेल गर्नुपर्ने, आम्दानीको बढ्दो असमानता, व्यापक भ्रष्टाचार, चर्को वातावरणीय प्रदुषण र स्रोतको सिमितता जस्ता कुराले कम्युनिष्ट पार्टी र समाजवादी व्यवस्था बा“की रहने हुन्छ कि हुन्दैन त्यसमा कौतुहलता जागेको छ ।
चिनियाँ सपनामा सुधारका कुरा धेरै छन् । सुधानवाद संशोधनवाद तिर पटन हुने बाटो हो की होइन र नेपालका कम्युनिष्ट पार्टीहरु सुधारवादी हुँदै संशोधनवादी भएकोमा आलोचना गरेको पाइन्छ । नेपाल र चीनको सुधारवादमा के भिन्नता छ । सो को समेत प्रष्ट हुने मौका पाउने आशा गर्दछु ।
चिनिया“ सपना चीन र विश्व समाजको भविष्य भन्दाभन्दै व्यवस्थामा केहि आ“च आए विश्वको शक्तिशाली रुस जस्तै एकैछिनमा पटन हुने होकि भने शंको धेरा पनि अध्ययनमा देखिएकोले त्यसबारे यो कार्यक्रमा प्रशिक्षित हुन पाउने र बिसौं तगारो के हो सो बारे जानकारी पाउन सकिने आशा व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।

Comments