पाठकपत्र ः भक्तपुरको मातृभुमि स्कुलमाथि कारबाही कहिले ? (प्रमाणसहित)
चैत १३, २०७९, सोमबार | विहान ०२:३६ बजे | 40
विद्यालय ज्ञानको मन्दिर हो । शिक्षा लिन पाउनु प्रत्येक वालवालिकाको नैसर्गिक अधिकार हो । प्रत्येक वालवालिकाको लागि शिक्षाको धेरै महत्व हुन्छ । शिक्षाले बालबालिकामा भएको प्रतिभालाई प्रस्फुटन गर्दछ । साक्षर हुन पाउनु प्रत्येक नेपालीको जन्मसिद्ध अधिकार हो । साक्षर एवं ज्ञान प्राप्त नागरिक लोकतन्त्रको मेरुदण्ड हो । जनता शिक्षित नभएसम्म लोकतन्त्र एक धोखामात्र हुनेछ । साक्षरले शिक्षित बनाउँछ । जनता शिक्षित नहुन्जेल त्यहाँ लोकतन्त्र हुर्कन सक्दैन । लोकतान्त्रिक मुलुकका जनताले अर्काको ज्ञानबाट समेत लाभ लिन उपायहिन छ । जनताले अन्यत्र भएका प्रगति र परिष्कृत पद्धती, सुविधा तथा सद्–विचारको ज्ञानबाट पाइने उच्चस्तरको जीवनवारेमा विल्कुल अनभिज्ञ भएर आफ्नै परिपाटीमा कायम रहन बाध्य छन् । विभिन्न विकसित देशको शिक्षामा भइरहेको प्रगति र नीतिबारे अनभिज्ञ भई शिक्षा विकासमा पछाडि परेको छ । त्यसैले शिक्षाको महत्व धेरै छ ।
शिक्षा जस्तो अपरिहार्य आवश्यकतालाई सस्तो, शुलभ, गुणात्मक र बैज्ञानिक शिक्षा बनाई राष्ट्र विकासको लागि आवश्यक जनशक्ति तयार गर्न तथा शिक्षामा भई रहेको व्यापारीकरणलाई हटाई सर्वसाधारण जनताको सदाचार, शिष्टाचार र नैतिकता कायम राख्ने अभिभावकहरुको चाहना हुन्छ । शिक्षा लिन पाउनु वालवालिकाको नैसर्गिक अधिकार हो । शिक्षा राज्यको दायित्व हो । त्यसैले यसलाई अन्तरिम संविधानमा पनि मौलिक हक अन्तर्गत राखिएको छ । त्यसैले अभिभावकहरु आफ्नो छाक काटेर वालवालिकाहरुको गुणस्तरीय र उच्च शिक्षाको निम्ति सचेत छन् ।
अभिभावक शिक्षकको समन्धमा बालबालिकाको भविष्य निहित रहेको हुन्छ । उनीहरुको व्यक्तित्व विकास बानी व्यवहार परिवर्तनमा यसले ठूलो भूमिका खेलेको हुन्छ । एक अर्काको सहयोग विना बालबालिकामा परिवर्तन ल्याउन गा¥हो हुन्छ । एक अर्का बीच अन्तरक्रिया मार्फत बालबालिकामा भएको समस्या सजिलै समाधान गर्न सकिन्छ । शिक्षक अभिभावक एकै सिक्काका दुई पाटा जस्तै हुनु पर्छ ।
ज्ञान लिने वा दिने कार्य गर्न बिद्यालय, महाविद्यालय आदिमा र घरैमा पनि नियमित रुपले अध्यापन गर्ने गराउने वा पढाइको चाजोपाजो मिलाउने कार्यलाई शिक्षा भनिन्छ । अथवा सिकेर सुनेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्धारा ग्रहण गर्ने सैद्धान्तिक तथा व्यवहारिक विषयको बोध वा कुनै कुराको पनि उचित तालिम एवं अर्ती उपदेशलाई नै शिक्ष्ाँ भनिन्छ । प्रत्येक अभिभावकहरुले आफ्ना बालवालिकालाई राम्रो शिक्षा दिन चाहना राख्छन् । त्यसैले अभिभावकले आफ्नो छाक काटेर भएपनि राम्रो स्कूलमा भर्ना गर्छ । तर शिक्षामा व्यापारीकरणका कारण अहिले अभिभावकहरुको ढाड सेक्ने गरी नयाँ भर्नामा पचहत्तर प्रतिशतसम्म शुल्क बृद्धि गरेको सुनियो । त्यस्तो सूचनाहरु विद्यालयबाट अभिभावकहरुको हात हातमा परेको गुनासोहरु अभिभावक संघहरुमा समेत आएको सुनियो । त्यस्तै भक्तपुरको मातृभुमि विद्यालयमा प्रकृति केसी पन्तले अभिभावकहरुलाई दिएको सुचना पनि हेर्ने अवसर मिल्यो तर यस विषयमा मध्यपुर नगरपालिको शुल्क निर्धारण नगरिकन कसरी शुल्क बृद्धिको सुचना जारी गर्यो तथा नगरपालिकाले अनुमति नै दिएको हो भने पचहत्तर प्रतिशत शुल्क बृद्धि गर्न किन अनुमति दिएको अभिभावकहरु रणभुल्लमा परेको अवस्थामा देखियो । त्यसैले यहि पाठकपत्र मार्फत सम्बन्धित निकायलाई यसबारे सत्यतथ्य प्रकाशित गर्न अनुरोध गर्दछु । सुचना पनि यसै साथ छ ।
टेजा तुक्षे श्रेष्ठ
मध्यपुर
फाेटाेमा हेर्नुहाेस्...