पाठकपत्र ः के भएको हो जेन्युइन स्कुलमा यो ?
चैत १२, २०७९, आइतबार | दिउँसो ०३:१४ बजे | 0
शिक्षा लिन पाउनु प्रत्येक वालवालिकाको नैसर्गिक अधिकार हो । प्रत्येक वालवालिकाको लागि शिक्षाको धेरै महत्व हुन्छ । शिक्ष्ाँले बालबालिकामा भएको प्रतिभालाई प्रस्फुटन गर्दछ ।
साक्षर हुन पाउनु प्रत्येक नेपालीको जन्मसिद्ध अधिकार हो । ज्ञान लिने वा दिने कार्य गर्न बिद्यालय, महाविद्यालय आदिमा र घरैमा पनि नियमित रुपले अध्यापन गर्ने गराउने वा पढाइको चाजोपाजो मिलाउने कार्यलाई शिक्षा भनिन्छ । अथवा सिकेर सुनेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्धारा ग्रहण गर्ने सैद्धान्तिक तथा व्यवहारिक विषयको बोध वा कुनै कुराको पनि उचित तालिम एवं अर्ती उपदेशलाई नै शिक्ष्ाँ भनिन्छ ।
प्रत्येक अभिभावकहरुले आफ्ना बालवालिकालाई राम्रो शिक्षा दिन चाहना राख्छन् । त्यसैले अभिभावकले आफ्नो छाक काटेर भए पनि राम्रो स्कूलमा भर्ना गर्छ । त्यसरी विद्यालयमा भर्ना गर्दा समेत संस्थागत विद्यालयले शिक्षालाई व्यापारीकरण गर्दा बालबालिकालाई पढाउने भन्दा पैसा असुल्नेमा बढी ध्यान दिदा“ बालबालिकाको भविष्य अन्धकारमय भएको छ ।
त्यस्तै घटना हो भक्तपुर नगरमा रहेको जेन्युइन स्कूलको । जसमा एक जना अभिभावकले दिनभरि पढाउ“दा नै कमजोर भएर अतिरिक्त कक्षा (कोचिड्ड कक्षा)मा समेत राख्दा परीक्षाको परिणाम सबैमा फेल । आखिर विद्यालयमा के पढाउ“छ ? विद्यालयमा दिनभरि राखेर पढाउ“दा धेरै विषयमा अनुतीर्ण हु“दा विद्यालय र शिक्षकले के सिकाउ“छ भन्न गा¥हो छ ।
एक जना जेन्युइन स्कूलका अभिभावकले चिया पसलमा आफ्नो साथीलाई गुनासो पोखिराखेको सुनेकोले यो पाठक पत्र लेख्न बाध्य गर्यो । अझ अभिभावकले भन्दै थियो, परीक्षा आज भयो, विहान बोलाएर नानी कमजोर भएको सुनाउ“छ र घरमा मेहनत गराउ“न भन्छ अच्चम । कम्तीमा एक महिना वा दुई हप्ता अगाडि त्यो कमजोर अभिभावकलाई भनेको भए केही सुधार गर्न सक्ने सम्भावना होला । तर यी सबै बहाना हो । त्यहा“ तिर्न बाकी केही रुपैंया तिर्न ढिलो हु“दा प्रवेश पत्र नदिएकोले विद्यालयमा जान्दाको घटना थियो । अभिभावकले विद्यालयलाई प्रश्न थियो कि मेरो बच्चा के असाधारण थियो ? थिएन भने थप कक्षा संचालन गर्दा समेत गणितमा ३ नम्बर मात्र आयो । साधारण नै थियो भने विद्यालयले के पढायो ? हो हामी अभिभावकले समय दिन सकेन र घरमा सिकाउन सकेन तर विद्यालयले के सिकायो महिनाको दशौं हजार शुल्क तिरेर ? त्यसैले विद्यालयले शिक्षालाई व्यापारिकणमात्र गर्न खोजियो भने भोलि विद्यालय नै धरापमा पर्न बेर छैन । बालबालिकाले परीक्षामा सफलता हासिल गर्न नसकेपछि पढाई राम्रो नभएपछि अभिभावकले विस्तारै आफ्ना बालबालिकाहरु निकालेर लाने र नया“ भर्ना समेत नआउने हुन्छ । त्यसैले विद्यालयले समयमा यसमा ध्यान दिए वा गुणस्तरीय शिक्षा प्रदान गरे मात्र विद्यालय दिगो रहन सक्छ । नत्र अहिलेको प्रतिस्पर्धी युगमा राम्रो, गुणस्तरीय र मंहगो विद्यालयहरु धेरै छन् । समयमै विद्यार्थीहरुको गुणस्तरीय शिक्षादेखि संगत, व्यवहार, सामाजिक सञ्जालको विकृति, लागूपदार्थ र पुजीवादीहरुको घृणित हतियार नग्न चलचित्र आदि कुलतमा फसेको छ छैन समेत विद्यालयले ध्यान दिन जरुरी छ ।
बालबालिका विग्रनुमा संगत, शिक्षक र अभिभावकको हात रहन्छ । एउटा उखान पनि छ ‘तेल के हेर्नु तेलको धारा हेर्नु, छोरा के हेर्नु छोराको संगत हेर्नु’ । बालवालिकाहरुको संगत विकृति फैलाउनेसंग प¥यो भने समाजलाई नै विकृतितर्फ धकेलिन्छ । विस्तारै लागुपदार्थ दुव्र्यसनीतिर उन्मुख हुन्छ । आजकालका केही बालवालिकाहरु स्कूले जीवनदेखि नै भागेर जा“ड, रक्सी र चुरोट खाने गरेको पाइन्छ । त्यसैले उसको संगत कोसंग छ भने कुरा अभिभावकहरुले ध्यान पु¥याउनु पर्छ ।
बालबालिकाहरु विकृतितर्फ उन्मुख हुनुमा शिक्ष्ँकहरु पनि दोषी देखिन्छ । विभिन्न उपायहरुद्धारा वालवालिकालाई सचेत बनाई परिश्रमी र उन्नतिशील समाजको श्रृजना गराउन सहयोग गर्ने शिक्षकहरुमध्ये कोही शिक्ष्ाँलाई व्यवसायिक दृष्टिले हेर्छन भने कतिले यसलाई मात्र फुर्सदको कार्य सम्झिन्छन् । कति त यति अव्यहारिक हुन्छन् कि अनुशासन र नैतिकता के हो ? परिभाषा त परै जाओस शब्दसमेत भन्न विर्सन्छन् । परिणामस्वरुप बालवालिकाका जीवनलाई एक खेलौनाको रुपमा लिन्छ र मनुष्य भएर जन्मिनुको अर्थ र महत्व बुझ्दैन । बालबालिका स्वतःलक्ष्यहीन हुन पुग्छन् र शिक्षामा कमजोर हु“दै जान्छ भविष्य तहसनहस बन्छ ।
घनश्याम दुवाल
भक्तपुर नगरपालिका वडा नं १०