ख्वप मा.वि मा Short Video Making Competition 2079 सम्पन्न
चैत ३, २०७९, शुक्रबार | विहान ०६:१० बजे | 20
भक्तपुर। ख्वप माध्यमिक विद्यालय, मानविकी विभागको आयोजनामा शुक्रबार " Short Video Making Competition 2079" ख्वप कलेज देकोचामा सम्पन्न भएको छ ।
लैङ्गिक सम्मन्ता, सामाजिक न्याय, संविधान, महिला सशक्तीकण लगायतका मानविकी संकाय अन्तर्गत राजनीति शास्त्रका विभिन्न विषयहरुमा मानविकी संकाय कक्षा १२मा अध्यनरत २४ जाना विद्यार्थीहरू आफ्नो प्रस्तुती सहित प्रतियोगीतमा सहभगी भएका थिए । जस मध्य गंगा शाक्य, सारु लामा, सरोज शिल्पकार, मिलान भुजेल र सुष्मिता तामाङको भिडियो उटकृष्ट हुन सफल भएको थियो ।
"मानवलाई मानवता जोड्ने मानविकी संकाय अन्तर्गतका विषयहरूले सिकाउने " ख्वप मा.वि.का सह प्रधानाध्यापक विष्णु प्रसाद किसी ज्यूले कार्यक्रममा बताउनु भएको थियो । त्यसै गरी मानविकी विभाग का प्रमुख राजु लासिवाज्यूले "विद्यार्थीहरू को शिप र शिक्षालाई प्रविधि सँग जोडेर शिक्षालाई सहज बनाउन उक्त प्रतियोगिताको मुख्य लक्ष्य रहेको" आफ्नो मन्तव्य मार्फत बताउनु भएको थियो । कार्यक्रममा बिषय शिक्षक कृष्ण किसी ज्यूले पनि बोल्नु भएको थियो ।
स्नातक तह मा अध्यनरत उज्ज्वल ह्योंगोजु, रितिका दुवाल, विश्वास ग्वाछा लगायतका विद्यार्थीहरु ले पनि आफ्ना कुरा हरु व्यक्त गर्नु भएको थियो । कार्यक्रममा रुबी केसी ज्यूले स्वागत मन्तव्य दिनुभएको थियो ।